TodayPati

प्रदेश २ का मजदुर काठमाडौँमा पिसिआर परिक्षणकालागि चार दिनसम्म लाईनमा बस्न बाध्य

टुडेपाटी

काठमाडौँ, असोज १२ गते ।

सरकारले गत १ गतेदेखि लामो दूरीका सवारीसाधन पनि चल्न पाउने निर्णय गरेपछि कामका लागि भन्दै काठमाडौ आउनेको संख्या हवात्तै बढेको छ ।

Sponsored

तीमध्ये सबैभन्दा धेरै प्रदेश २ कै छन् । घरबेटीले जसरी पनि पिसिआर परिक्षणको रिपोर्ट भएपछि मात्र घरमा बस्न दिने भनेपछि अधिकांकस मजदुर लागातार चार दिनदेखि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा पिसिआर परिक्षणकालागि लाइनमा बसेका छन् ।

टेकु अस्पतालमा भेटिनेमध्ये पनि अधिकांश प्रदेश २ का मजदुरहरू छन् । घरभेटीले जसरी भए पनि रिपोर्ट ल्याएर आउनु भनेपछि उनीहरू कोही झोला बिसाएर त कोही झोलै बोकेर टेकु अस्पतालमा सुत्न जान्छन् । तर सबैको पालो आउँदैन । रातिदेखि भोलिपल्ट दिउँसो २ बजेसम्म लाइन बसेर फर्किन्छन् र उही दिनचर्या सुरु हुन्छ ।

यी मजदुर त्यतिखेर जुन बाध्यताले काठमाडौं छाडेर घर गएका थिए, यतिबेला त्योभन्दा ठूलो बाध्यताले थिचिएर काठमाडौं आएका हुन् । तर संघर्षको यो इनिङको सुरुवात उनीहरूले टेकु अस्पतालको चिसो छिडीबाट गर्नुपरेको छ । पिसिआर परिक्षणकालागि मजदुरलाई चार दिनसम्म लाइनमा बस्नुपरेको परिक्षणकालागि लाइनमा बसेका सर्लाही बलरा नगरपालिका–१ का राजेश साहले बताए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *