TodayPati

बटेश्वरमा शहिद धर्मेन्द्र यादवको १६ औं स्मृति दिवस मनाइयो

टुडेपाटी-
बटेश्वर, असोज ११ गते ।

तत्कालिन नेकपा माओवादीको जनयुद्धकालिन शहिद धर्मेन्द्र यादव (गोपाल)को १६ औं स्मृति दिवस मनाइएको छ । नेपाल कम्युनिष्ट पार्टीले धनुषाको बटेश्वर गाउँपालिका–२ मा आइतबार श्रद्दाञ्जली कार्यक्रम गरी शहिद यादवको स्मृति दिवस मनाएको हो ।

शहिद यादवका पित्ता शिवलाल यादवको अध्यक्षता तथा नेकपाका प्रदेश सांसद सत्रुधन महतोको प्रमुख आतिथ्य एवं नेकपाकै प्रदेश सांसद रामचन्द्र मण्डलको विशिष्ट आतिथ्यमा उनको स्मृति दिवस मनाइएको छ ।

Sponsored

स्मृति दिवसमा शहिद यादवको तस्बिरमा फुलमाला तथा अविर अर्पण गरी उनको सम्झनामा एकमिनट मौनधारण गरिएको थियो । कार्यक्रममा उनका शहिदका यादवका आमा र बुवालाई दोसल्ला ओढाई सम्मान गरिएको छ ।


बटेश्वर गाउँपालिका–२ का वडाअध्यक्ष गंगाराम कुँवरको विशेष पहलमा भएको स्मृति कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रदेश सांसद महतोले शहिद परिवारका सदस्यहरुलाई सम्मान गर्न आग्रह गरे । उनले शहिद परिवारहरुका बालबालिकाहरुलाई पढाउने जिम्मा स्थानीय तह वा प्रदेश सरकारले लिनुपर्ने तथा रोजगारीको व्यवस्था गर्नुपर्नेमा जोड दिए ।

विशिष्ट अतिथि प्रदेश सांसद मण्डलले धर्मेन्द्र यादव जस्ता सहिदहरुकै सहादतले संघीय लोकतान्त्रिक गणतन्त्र आज स्थापना भएको दावी गरे । उनले संघीयता अझै संस्थागत हुन नसकेको बताउँदै बढ्दै गएको भ्रष्टाचारलाई नियन्त्रण गर्न नसके प्राप्त उपलब्धि धरापमा पर्नेमा सचेत गराए ।
कार्यक्रममा वडाध्यक्ष कुमरले धर्मेन्द्रको निर्माणधिन स्मार्कलाई आगामी १७ औं स्मृति दिवससम्म पूर्णरुपले निर्माणसम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरे ।

Sponsored

कार्यक्रममा बटेश्वर गाउँपालिका अध्यक्ष डम्बरबहादुर राउत, उपाध्यक्ष प्रमिलादेवी महतो, नेकपाका क्षेत्रीय नेता रामकुमार महतो, तारादेवी महतो, वडा नं. ३ का अध्यक्ष हिरालाल महतो लगायतका वक्ताहरुले शहिद यादवको जीवनको चर्चा गरेका थिए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *