१२ बजे मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै, के अपरझट पर्यो ?
टुडेपाटी
काठमाडौँ, असोज ११ गते ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन् । बैठक मध्यान्ह १२ बजेका लागि बैठक बोलाइएको एक मन्त्रीले जानकारी दिए।
सामान्यतयाः मन्त्रिपरिषद बैठक सोमबार बस्छ । तर आज प्रधानमन्त्रीले आकस्मिक रुपमा बोलाएका छन् । ती मन्त्रीले भने, ‘आइतबार बैठक बोलाउनुपर्ने त्यस्तो विशेषत केही थिएन। त्यसमा पनि राति नै खबर आएको छ । प्रधानमन्त्रीले केही अपरझट परेर नै बोलाउनुभएको होला।’
आजको बैठकमा एसिड आक्रमण कसुरसम्बन्धी विधेयक मन्त्रिपरिषदले जारी गर्ने एजेण्डा रहेको अर्का मन्त्रीले जानकारी दिए । मन्त्रिपरिषदबाट जारी भएपछि आजै राष्ट्रपतिबाट प्रमाणिकरण हुनेछ । यस्तै अन्य केही विधेयक बारेपनि बैठकमा छलफल हुने बुझिएको छ ।
सरकारले पहिलेको कानून संशोधन गरी एसिड आक्रमण कसुरको सजायमा बृद्धि गर्दै नयाँ अध्यादेश सिफारिस गरेको छ । एसिड आक्रमण गरेमा २० वर्ष सजाय र आक्रमणबाट मृत्यु भएमा जन्मकैदको सजायको सिफारिस गरिएको छ ।
Sponsored
दुई साता अघि प्रधानमन्त्री केपी शर्मा ओलीले एसिड आक्रमण कसुरसम्बन्धी कानून छिट्टै संशोधन गरेर कडा व्यवस्था गर्ने बताएका थिए ।