TodayPati

कोरोनाबाट थप ८ जनाको मृत्यु, १२०७ जना संक्रमित थपिए

टुडेपाटी-
जनकपुरधाम, असोज १० गते ।

नेपालमा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । मृतक ८ जना नै पुरुष रहेको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४६७ पुगेको छ ।

कोरोना संक्रमणबाट काठमाडौं उपत्यकामा चार पुरुष संक्रमितको निधन भएको छ । काठमाडौंका २० र ७४, भक्तपुरका ८८ र ललितपुरका ६६ वर्षीय पुरुषको कोरोना संक्रमणबाट निधन भएको मन्त्रालयले पुष्टि गरेको छ । त्यस्तै, सप्तरीका ६३, मकवानपुरका ७४, रूपन्देहीका ७२ र कैलालीका ३० वर्षीय पुरुष संक्रमितको निधन भएको छ ।

Sponsored

नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप १ हजार २ सय ७ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड-१९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १ हजार २ सय ७ जनामा कोरोना भाइरस संक्रमण देखिएको जानकारी दिए ।

आज थपिएका संक्रमितसँगै देशभर कुल संक्रमितको संख्या ७१ हजार नाघेको छ । आजसम्म ७१ हजार ८ सय २१ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएकामध्ये १८ हजार ३ सय ४१ सक्रिय संक्रमित रहेका छन् । संस्थागत आइसोलेसनमा ७ हजार ८ सय ३३ जना छन् भने १० हजार ५ सय ८ जना होम आइसोलेसनमा रहेका छन् ।

Sponsored

पछिल्लो २४ घण्टाको अवधिमा १ हजार १ सय ४७ जना संक्रमित निको भएर घर फर्किएका छन् । अहिलेसम्म निको हुनेको संख्या ५३ हजार १३ पुगेको मन्त्रालयको तथ्यांक छ । संक्रमण मुक्त हुने दर ७३.८ प्रतिशत रहेको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *