TodayPati

बलिउड अभिनेत्री श्रीदेवीको निधन भएको २ वर्ष पूरा, भावुक भइन् उनकी छोरी

एजेन्सी-
मुम्बई, फागुन १३ गते ।

बलिउड अभिनेत्री श्रीदेवीको निधन भएको आज दोस्रो वर्ष पूरा भयो। विवाहमा सहभागी हुन दुबईमा पुगेकी उनी एक होटलमा मृत भेटिएकी थिइन्।
दुई वर्षपछि श्रीदेवीकी छोरी जान्हवी कपुरले आमाको सधैं याद आउने उल्लेख गरेकी छन्।

उनले इनस्टाग्राममा श्रीदेवीसँगको बाल्यकालको तस्बिर पोस्ट गर्दै ‘हरेक दिन तपाईँको याद आउँछ’ भनी लेखेकी छन्। उक्त पोस्टलाई बलिउडका अस्तीहरुले रियाक्ट गर्दै जान्हवीलाई सहानुभूति दिएका छन्।

Sponsored

जान्हवीले यसअघि आफ्नो जन्मदिनमा पनि एक चिठी सार्वजनिक गर्दै आमा श्रीदेवीलाई धेरै ‘मिस’ गर्नेगरेको बताएकी थिइन्।

‘मभित्र एउटा यस्तो शून्यता छ, जसलाई मैले महसुस गरिरहेकी छु। मलाई थाहा छ, मलाई तपाईँबिनै बाँच्‍न सिक्नुपर्छ। जब जब मेरा दुई आँखा बन्द गर्छु, तपाईँसँग विताएका ती पलहरु सम्झिन्छु। तपाईँ त मेरो आत्माको हिस्सा हो। तपाईँका लागि मैले पनि केही खास गर्नुपर्छ,’ उनले उक्त चिठीमा लेखेकी थिइन्।

करण जोहरको धड्कबाट बलिउड यात्रा सुरु गरेकी जान्हवी गुन्जन सक्सेनाको बायोपिक फिल्ममा देखिँदैछिन्। उक्त फिल्म अप्रिल २४ मा रिलिज हुने बताइएको छ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *