TodayPati

पिसिआर परिक्षण शुल्क २ हजारभन्दा बढी लिने प्रयोगशालालाई कडा कार्वाही हुने

टुडेपाटी

जनकपुरधाम, असोज १० गते ।

कोरोना परिक्षण शुल्क दुइ हजार भन्दा बढी लिने प्रयोगशालालाई हदैसम्म कार्वाही हुने भएको छ ।

Sponsored

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार एक प्रेस विज्ञप्ति निकाल्दै मन्त्रालयले सरकारले तोकेको भन्दा बढी शुल्क लिएर पिसिआर परीक्षण गर्ने जो कोही कारबाहीको दायरामा आउने जनाएको छ।

त्यसैगरी, आवश्यक नभएका व्यक्तिहरूको परीक्षण नगर्न पनि सबै अस्पताल तथा प्रयोगशालालाई निर्देशन दिएको छ।

‘यस्तो विषम परिस्थितिमा पनि केही निजी क्षेत्रका प्रयोगशालाको परीक्षण नतिजाको विश्वसनीयतामाथि प्रश्न चिन्हहरू आएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘आवश्यक नपर्ने व्यक्तिको पनि परीक्षण गर्ने तथा सरकारले तोकेको भन्दा बढी शुल्क लिई परीक्षण तथा उपचार गर्नले कारबाहीको दायरामा आउनुपर्ने छ।’

Sponsored

देशभरका सबै ५५ प्रयोगशालाबाट परीक्षण गर्ने व्यवस्था मिलाइएको छ भने ४० वटा सरकारी प्रयोगशालाबाट नि शुल्क रूपमा पिसिआर परीक्षण हुने गरेको छ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *