एकैदिन ३ लाख १७ हजार बढी कोरोना संक्रमित थपिए,ज्यान गुमाउनेको संख्या १० लाख नजिक
एजेन्सी
जनकपुरधाम, असोज १० गते ।
विश्वभर पछिल्लो २४ घण्टामा ३ लाख १७ हजार ६४० संक्रमित थपिएका छन् । योसँगै कोरोना भाइरस संक्रमितको संख्या ३ करोड २७ लाख ५१ हजार ५१ पुगेको छ ।
शनिबार बिहानसम्मको तथ्यांक अनुसार कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९ लाख ९२ हजार ९६८ पुगेको छ । एकैदिन ५ हजार ८०८ संक्रमित थपिएका छन् ।
अहिलेसम्म २ करोड ४१ लाख ६७ हजार ४४८ जनाले कोरोनालाई जितेका छन् ।
विश्वमा ७५ लाख ९० हजार ६३५ जनामा सक्रिय संक्रमण छ । संक्रमित ६३ हजार ७१७ को अवस्था गम्भीर छन् ।
Sponsored
सबैभन्दा धेरै संक्रमण फैलिएको अमेरिकामा एकैदिन ५३ हजार ३३२ संक्रमित थपिएका छन् । अमेरिकामा कोरोना संक्रमितको संख्या ७२ लाख ४३ हजार ३ पुगेको छ । अहिलेसम्म २ लाख ८ हजार ४४०ले ज्यान गुमाएका छन् ।
त्यस्तै भारतमा एकैदिन ८५ हजार ४६८ जनामा संक्रमण पुष्टि भएको छ । दोस्रो धेरै संक्रमित भारतमा अहिलेसम्म ५९ लाख १ हजार ५७१ पुगेको छ।