TodayPati

कोरोनाको सन्त्रासले जलाउने हो अझै कति ? (कविता)

तुल्सा भट्टराई

कोरोनाको सन्त्रासले जलाउने हो अझै कति ?
विश्वभरी हल्लाहरू चलाउने हो अझै कति ?

हुनेखाने र हुँदाखानेबीचको फरकलाई
घरघरमा गरिबीले गलाउने हो अझै कति ?

Sponsored

सुन्दर भविष्यको सपनामा बाँचेकाहरूको
मनभित्र तनाव नै पलाउने हो अझै कति ?

जोखिमयुक्त भू–भागमा रहेका ती बस्तीहरू
भूकम्प र पहिरोले ढलाउने हो अझै कति ?

तुल्सा भट्टराई
उदयपुर, गाइघाट

Sponsored

प्रकाशित मिति : २०७७ असोज ९ गते ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *