TodayPati

संघीय सरकारलाई कानुन मन्त्री यादवको पत्र -शान्ति सुरक्षामा समस्या भयो, प्रहरी समायोजन गरिदिनुस्

टुडेपाटी-
जनकपुरधाम, असोज ९ गते ।

प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र कुमार यादवले संघीय सरकारलाई यथासिघ्र प्रहरी समायोजन गर्न आग्रह गरेका छन् । गृहमन्त्रीलाई शुक्रबार एक लेख्दै उनले संघीय ऐन अनुसार यथाशीघ्र प्रहरी समायोजन गर्न आग्रह गरेका हुन् ।

मनत्री यादवले गृहमन्त्री रामबहादुर थापा बादललाई पत्र पठाउँदै लेखेको पत्रमा प्रहरी समायोजन नहुँदा शान्ति सुरक्षा कायम गर्न समस्या भएको गुनासो गरेका छन् ।

Sponsored

‘कानुनतः प्रदेश प्रहरी प्रदेश सरकारप्रति उत्तरदायी हुनुपर्ने हो। तर व्यवहारमा प्रदेश प्रहरी प्रदेश सरकारप्रति उत्तरदायी हुन नसकेको अवस्था छ । परिचालन तथा खटनपटनको सम्बन्धमा समन्वय हुन सकेको छैन ।’पत्रमा उल्लेख छ ।
कोभिड १९ को कारणले प्रहरी समायोजनमा केही ढिलाइ हुन गएता पनि प्रदेश प्रहरीको संरचना कार्यान्वयनमा आइसकेको जानकारी पनि गराइएको छ ।

नेपाल प्रहरी र प्रदेश प्रहरीले सम्पादन गर्ने कार्यको सञ्चालन, सुपरिवेक्षण र समन्वय सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७६ कार्यान्वयनको सन्दर्भमा दफा १२ (१) र १२ (२) बमोजिम प्रदेश प्रहरीको परिचालन, खटनपटन लगायतका कार्य प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालय मार्फत गर्न गराउन आवश्यक व्यवस्थापन तथा हस्तान्तरण यथाशीघ्र गर्नु हुन अनुरोध छ’, पत्रमा भनिएको छ ।

नेपाल प्रहरी र प्रदेश प्रहरीले सम्पादन गर्ने कार्यको सञ्चालन, सुपरिवेक्षण र समन्वय सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०७६ राष्ट्रपति विद्या देवी भण्डारीबाट २०७६ माघमै प्रमाणीकरण भएको थियो ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *