भोलिदेखि ५ दिनसम्म हावाहुरीसंगै ठूलो वर्षाको सम्भावना, सतर्क रहन आग्रह
टुडेपाटी-
जनकपुरधाम, असोज ४ गते ।
जल तथा मौसम विज्ञान विभागले भोलिदेखि ५ दिनसम्म मेघगर्जनसंगै हावाहुरीसहित ठूलो पानी पर्ने सम्भावना रहेको जनाएको छ ।
भोलि सेप्टेम्बर २१ रातिदेखि ५ दिनसम्म ठूलो वर्षाका साथै हावाहुरीको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन विभागले आग्रह गरेको हो ।
विभागले आइतबार साँझ ७ बजे विशेष मौसम बुलेटिन जारी गर्दै हाल उत्तरपूर्व बंगालको खाडीमा रहेको न्यून चापीय क्षेत्र पश्चिम उत्तर(पश्चिमतर्फ सर्ने क्रममा आगागमी ४–५ दिन नेपालका धेरै स्थानमा मेघगर्जन र चट्टयाङसहितको वर्षा तथा केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना देखिएको जानकारी दिएको हो ।
साथै हावाहुरीकोसमेत आउने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध गरेको छ ।
Sponsored