TodayPati

जनकपुरमा ठूलो राष्ट्रिय झण्डा फहराएर युवाले मनाए संविधान दिवस (फोटो फिचार)

टुडेपाटी

जनकपुरधाम, असोज ३ गते ।

असोज ३ कालो दिन भन्दै जनता समाजावदी पार्टीले संविधानको विरुद्धमा शनिबार तराई मधेश लगायत देशको विभिन्न मागमा कालो दिवसको रुपमा मनाएका छन् । तर जनकपुरमा मधेश आन्दोलनमा सक्रिय भूमिका खेलेका जसपाकै युवाहरुले भने ठूलो राष्ट्रिय झण्डा फहराएर संविधान दिवस मनाएका छन् ।

Sponsored

जनकपुरको जानकी चोकका स्थानीय युवा तथा व्यवसायीहरुले २५ फिटको राष्ट्रिय झण्डा फहाराएर तथा दीपप्रज्वलन गरी संविधान दिवस मनाएका हुन् ।

संविधान दिवसलाई कालो दिवसकै रुपमा मनाउने जसपाको विरुद्धमा संविधान दिवस मनाएको युवाहरुले बताएका छन् । जनता समाजवादी पार्टीले संविधानलाई स्वीकार गरी चुनाव लडेर सतामा पुगेको, सपथ खाएको र सोहि संधिवान तहत तलबभत्ता बुझेर एकदिन जनतालाई ठग्न कालोदिवस मनाएकाले उनीहरुको विरुद्धमा संविधान दिवस मनाएको स्थानीय युवा अभियानी शुशील कर्णले बताए ।

‘हाम्रो नेतृत्वले नै संविधान स्वीकार गरिसकेका छन् । सोही संविधान अनुसार चुनाव लडे, सत्तामा पुग, तलबभत्ता खाँदै छन् , भ्रष्टाचारमा लिप्त छन् । र एकदिन कालोदिवस मनाएर जनतालाई ठग्ने तथा भ्रममा पार्ने काम गरिरहेका छन्’ नेता कर्णले भने ‘उनीहरु कुन नैतिकताले कालोदिवस मनाएका छन् ? त्यसैले ती नेतृत्वको विरुद्धमा हामी संविधान दिवस मनाएका छौं ।’

Sponsored

उनले नेतृत्वले नै स्वीकार गरिसकेको संविधानलाई आफुहरुले समेत स्वीकार गरेर संविधान दिवस मनाएको बताए । कर्णको नेतृत्वमा संविधान दिवस मनाइएको हो । उनी राष्ट्रिय जनता पार्टीका स्थानी युवा नेता हुन् । गएको स्थानीय तहको चुनावमा उनी राजपा नेपालबाट वडाध्यक्षमा लडेका थिए ।

उनले अगामी वर्षहरुमा संविधान दिवसमनाउने कार्यक्रमलाई निरन्तरता उनको भनाइ छ । संविधान दिवस मनाउने स्थानीय दर्जनौ युवा तथा व्यवसायीहरुको सहभागिता रहेको थियो ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *