TodayPati

संविधानको विरुद्धमा जनकपुरमा जसपाले मनाए कालो दिन

टुडेपाटी-
जनकपुरधाम, असोज ३ गते ।

संविधान दिवसको अवसरमा जनकपुरमा जनता समाजवादी पार्टीले कालो दिवस
मनाएका छन् । प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलको नेतृत्वमा कालो झण्डा सहित प्रदर्शन गरि कालो दिवस मनाइएको हो ।

जनकपुरको विभिन्न भागमा प्रदर्शन गर्दै जनकपुरको जनकचोकमा गएर कोणसभामा परिणत भएको थियो । कोणसभामा मन्त्री सोनल, जसपका प्रतिनिधिसभा सदस्य उमाशंकर अरगरिया, प्रदेश सांसद रामअशि यादव, प्रदेश सांसद प्रमेश्वर साह लगायतले आ आफ्नो धारणा राखेका छन् ।

Sponsored

संविधानमा रहेका त्रुटिपूर्ण प्रावधानहरु संशोधन नगरेसम्म संविधानलाई नस्वीकार्ने तथा असोज ३ गतेलाई कालो दिनको रुपमा मनाइरहने उनीहरुले बताएका छन् ।

यता सोही संविधानलाई टेकेर चुनावमा गई तलबभत्ता बुझेर कालो दिवस मनाइरहेको भन्दै जसपाका नेताहरुको आलोचना समेत भइरहेको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *