TodayPati

आइपिएल क्रिकेट आजदेखि सुरु, उद्‍घाटन खेलमा मुम्बई र चेन्‍नई भिड्दै

टुडेपाटी

जनकपुरधाम, असोज ३ गते ।

१३ औँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट आजदेखि सुरु हुँदैछ । भारतमा कोरोना महामारीका कारण प्रतियोगिता आयोजना गर्न सम्भव नभएपछि खेल यूएईमा आजदेखि सुरु हुन लागेको हो ।
प्रतियोगिताको उद्‍घाटन खेलमा साविक विजेता मुम्बई इन्डियन्सले चेन्‍नई सुपर किङ्सको सामना गर्दै छ । सर्वाधिक चारपटकको विजेता मुम्बईको कप्तानी रोहित शर्माले गर्नेछन् भने तीनपटको विजेता चेन्‍नईको कप्तानी महेन्द्रसिंह धोनीले गर्दैछन् । खेल नेपाली समयअनुसार बेलुका पोने ८ बजे सुरु हुनेछ ।

Sponsored

गत संस्करणको फाइनलमा यी दुवै टोली खेलेका थिए जसमा मुम्बईले एक रनको रोमाञ्‍चक जीत हात पार्दै चौथोपटक उपाधि उचाल्न सफल भएको थियो ।

आइपिएलका १२ वटा सिजनहरुमा मुम्बईले ४ पटक तथा चेन्‍नईले तीनपटक उपाधि जित्दा कोलकाता नाइट राइडर्सले दुई पटक तथा डेक्कान चार्जर्स राजस्थान रोयल्स र सनराइजर्स हैदराबादले एक(एकपटक उपाधि जितेका छन् । किङ्स इलाभेन पञ्‍जाव, दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बेङ्गलोरले भने उपाधि जित्‍न सकेका छैनन् ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *