बामदेवले खाए राष्ट्रियसभा सदस्यको सपथ
टुडेपाटी
काठमाडौं, असोज १ गते ।
नेकपाका उपाध्यक्ष वामदेव गौतमले राष्ट्रियसभा सदस्यको पद तथा गोपनियताको सपथ लिएका छन् । बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले गौतमलाई राष्ट्रियसभा सदस्य पदमा मनोनित गरेलगत्तै उनलाई सपथ ग्रहण गराइएको हो ।
सिंहदरबारमा सभाअध्यक्ष गणेश तिमल्सिनाले गौतमलाई सपथ ग्रहण गराएका हुन् । जनताका नाममा सपथ लिँदै गौतमले अव राष्ट्रियसभाको प्रतिष्ठा र गरिमा नगिराउने गरी काम गर्ने प्रतिवद्धता गरे ।
राष्ट्रपति भण्डारीले गौतमलाई संविधानको धारा ८६ को उपधारा २ को खण्ड ख बमोजिम गौतमलाई मनोनित गरेकी हुन् । गत सोमबार बसेको मन्त्रिपरिषद बैठकले गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनित गर्न सिफारिस गरेको थियो ।