TodayPati

प्रदेश २ मा थप ११५ जनामा कोरोना पुष्टि, ५२ जना डिस्चार्ज

टुडेेेपाटी-
जनकपुरधाम, असोज १ गते ।

प्रदेश २ मा बिहीबार थप ११५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । नयाँ थपिएका संक्रमितमा १३ महिला र १०२ जना पुरुष छन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर, गजेन्द्र नारायण सिंह सगरमाथा अस्पताल राजविराज र नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जमा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय प्रदेश २ का वरिष्ठ जनस्वास्थ्य प्रशाशक विजय झाले जानकारी दिए । 

Sponsored

बिहीवार सप्तरीमामा सबैभन्दा बढी व्यक्तिमा कोराना संक्रमण पुष्टि भएको छ । सप्तरीमा ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै, रौतहटमा ७ जना, पर्सामा १७ जना, बारामा ९जना, महोत्तरीमा २ जना, धनुषामा १४, सिरहामा १२ जना र सर्लाहीमा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यससँगै प्रदेशमा कोरोना संक्रमितको संख्या १२ हजार ६ सय ४ पुगेको छ ।

त्यस्तै, बिहीबार प्रदेश २ मा ५२ जना कोरोना संक्रमित निको भएर घर फर्केका छन् । त्यसमध्ये ४३ पुरुष र ९ महिला निको भएर घर फर्केका हुन् । योसँगै यस प्रदेशमा निको हुनेको संख्या ६ हजार ८ सय ५० पुगेको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *