TodayPati

दुई सेट रेल भोलि जनकपुर आइपुग्ने

टुडेपाटी

जनकपुरधाम, असो १ गते ।

लामो समयदेखि प्रतिक्षारत रेल भोली जनकपुर आइपुग्ने भएको छ ।

Sponsored

भारतमा निर्माण सम्पन्न भएर तम्तयार अवस्थामा रहेको दुई सेट रेल भोलि मध्याह्न १२ बजेसम्म आइपुग्ने रेल विभागले जनाएको छ ।

रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरु भट्टराईका अनुसार रेललाई स्वागतकालागि महाप्रबन्धक भट्टराई, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको टोली, रेल विभागको टोली समेत जनकपुर आउँदैछन् ।

भारतको पटनास्थित हाजीपुर स्टेसनमा राखिएको रेल जनकपुर आइपुग्न आइपुग्न ४ घण्टा समय लाग्ने बताइएको छ ।

Sponsored

पहिलो चरणमा भारतको यनगरदेखि जनकपुरको कुर्थासम्म ३५ किलोमिटर रेल सञ्चालनको निम्ति सम्पूर्ण संरचना तयारी अवस्थामा छ ।

दोश्रो चरणमा चल्ने भनिएको जनकपुरको कुर्थादेखि भंगहासम्म १७ किलोमिटरमा लिक बिछ्याउने, लिकमा कालो गिट्टी राख्ने तथा भौतिक संरचाना निर्माणको काम युद्धस्तरमा भइरहेको विभागले जनाएको छ ।
पहिलो चरणमा ३५ किलोमिटर रेल सेवा सञ्चालनको लागि केहिदिन अघि रेल विभागले करारमा कर्मचारी भर्ना लिन आवेदन आह्वान गरेको थियो ।

जयनगरदेखि बर्दिवाससम्म ६९ किलोमिटर लम्बाइको रेल्वे मार्ग ३ खण्डमा बनिरहेको छ । परियोजनाको प्रथम चरणमा जयनगर–कुर्था ३५ किलोमिटर, दोस्रो चरण अन्तर्गत धनुषाको कुर्थादेखि महोत्तरीको भंगहासम्म १७ किलोमिटर र तेस्रो चरणमा महोत्तरीको भंगहादेखि बर्दिवाससम्म १७ किलोमिटर खण्डमा रेल्वे सेवा सञ्चालन हुने सरकारको योजना थियो ।

जस अन्तर्गत पहिलो चरणमा भारतको जयनगरदेखि जनकपुरको कुर्थासम्म ३५ किलोमिटर रेल्वे सेवा सञ्चालनको लागि आवश्यक पूर्वाधार तया छ । भने दोस्रो चरणमा सञ्चालन हुने भनिएको जनकपुरको कुर्थादेखि महोत्तरीको भंगहासम्म १७ किलोमिटरमा लिक निर्माणको काम पनि चाँडै सम्पन्न हुने गरी धमाधम काम भइरहेको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *