TodayPati

राजा शैलीमा प्रधानमन्त्री ओलीको जन्मोत्सव, देशलाई केक बनाएर काटेपछि समाजिक संजालमा गालीको वर्षा

टुडेपाटी
जनकपुरधाम, फागुन १२ गते ।

प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीले आफ्नो ६९ औँ जन्मोत्सव ‘राजसी’ शैलीमा मनाएको भन्दै चौतर्फी आलोचना भइरहेको छ । हेलिकप्टर चाटर्ड ल्याइएको देशको नक्सा आकारको केक काटिएको भन्दै प्रधानमन्त्री ओलीको समाजिक संजालमा तिब्र आलोचना भएको हो ।

फेसबुक, टवीटर लगायतका समाजिक संजालमा उनको यो हर्कतले अभद्र गालीगलौज समेत गरिँदै छ । आफैले जारी गरेको पार्टीको आचारसंहितालाई लत्याउँदै प्रधानमन्त्री केपी ओलीले सरकारी निवास बालुवाटारा केक काटेपछि आइतबार लावालस्करसहित हेलिकप्टरमा पुर्ख्यौली घर तेह्रथुमको आठराई पुगे । प्रम ओलीले त्यहाँ पनि हेलिकप्टरबाट बोकिएको १५ किलोको केट काटे, करिब ६ हजारलाई भोज खुवाए ।

आफ्नो जन्मथलोमा उनले जुन १५ किलोको केक काटे त्यसमा नेपालमा नक्सा बनाइएको थियो । नेपालको नक्सा अंकित केकमाथि चक्कु चलाएको भन्दै उनको व्यापक आलोचना भइरहेको छ । सामाजिक सञ्जालमा यो विषय निकै भाइरल भइरहेको छ ।
कतिले उनलाई ‘रगत प्यूने शासक’ भने त कतिले उनलाई ‘यतिसम्मको घिनलाग्दो सांस्कृतिक मजाक’ नगर्न सल्लाह पनि दिएका छन् । केक अगाडि राखिएको प्रधानमन्त्रीको फोटो सेयर गर्दै पत्रकार, नेतालगायतका सर्वसाधारणले आफ्नो असन्तुष्टि पोखेका छन् ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *