TodayPati

बिहानै ६ रेक्टरको भूकम्पको धक्का, काठमाडौँ सहित प्रदेश २ पनि हल्लियो

टुडेपाटी

जनकपुरधाम, भदौ ३१ गते ।

बुधबार बिहानै ६ रेक्टर स्केलको भूकम्प गएको छ । सिन्धुपाल्चोकको राम्चे आसपास केन्द्रविन्दु बनाएर ६ रेक्टर स्केलको भूकम्प गएको हो । भुकम्पले प्रदेश २ सहित विभिन्न जिल्ला नराम्ररी हल्लाएको छ ।

Sponsored

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रकी प्रमुख मोनिका झाका अनुसार बुधबार बिहान ५ बजेर १९ मिनेट जाँदा सिन्धुपाल्चोको राम्चे केन्द्रविन्दु भूकम्प गएको हो ।

सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर भूकम्प गए पनि काठमाडौं उपत्यकासहित आसपासका जिल्लामा यसको धक्का महसुस गरिएको थियो । काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएपछि मानिसहरु सडकमा निस्किएका थिए ।

राष्ट्रिय भूकम्प केन्द्रका अनुसार यो २०७२ सालको गोरखा भूकम्पकै पराकम्प हो । भूकम्पबाट के कति क्षति भयो भन्ने जानकारी भने प्राप्त भएको छैन ।

Sponsored

यसअघि भदौ २६ गते नेपाल(भारत सीमानजिक केन्द्रविन्दु बनाएर ५ रेक्टर स्केलको भूकम्प गएको थियो ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *