TodayPati

विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकको जिम्मेबारी कोइरालालाई

टुडेपाटी-
काठमाडौं, भदौ ३० गते ।

नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकको जिम्मेबारी लेखनाथ कोइरालाले पाएका छन् । ऊर्जा, जल स्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले वरिष्ठतम उपकार्यकारी निर्देशक लेखनाथ कोइरालालाई निमित्त कार्यकारी निर्देशकको जिम्मेबारी तोकेका हुन् ।

निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल सकिएसँगै कोइरालालाई निमित्त कार्यकारी निर्देशक तोकिएको ऊर्जा मन्त्री पुनका प्रेस संयोजक दयानिधी भट्टले जानकारी दिए ।

Sponsored

कोइरालाले घिसिङको अनुस्थितिमा पनि निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी सम्हाल्दै आएका थिए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *