TodayPati

प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकारमा डा. युवराज खतिवडा नियुक्त

टुडेपाटी-
काठमाडौं, भदौ ३० गते ।

प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकारमा निवर्तमान अर्थमन्त्री डा. युवराज खतिवडा नियुक्त भएका छन् ।

खतिवडालाई सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मन्त्रिस्तरीय सुविधा पाउनेगरी प्रधानमन्त्रीको विशेष सल्लाहकार नियुक्त गरेको हो ।

Sponsored

डा. खतिवडाको थपिएको अर्थमन्त्रीको कार्यकाल गत भदौ २० गते सकिएपछि उनी बिदा भएका थिए । त्यसपछि सो मन्त्रालय आफैले हेर्दै आएका प्रधानमन्त्री ओलीले मन्त्रीसरहकै सुविधा दिई उनै खतिवडालाई सरकारको आर्थिक मामिला हेर्ने जिम्मेवारीमा फर्काएका छन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *