लामो दुरीको यातायात असोज १ देखिनै खुल्ने, भाडा ५० प्रतिशत बढ्यो
टुडेपाटी
काठमाडौँ, भदौ ३० गते ।
सरकारले लामो दुरीको यातायात असोज १ गतेदेखि नै सञ्चालनमा ल्याउने निर्णय गरेको छ । सोमवार बसेको मन्त्रीपरिषदको बैठकले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै यातायात सञ्चालन गर्न दिने निर्णय गरेको हो ।
सरकार प्रवक्ता परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले बैकठकपछि व्यवसायीले साविकको भाडादरमा ५० प्रतिशत बढाएर लिन सक्ने मन्त्रिपरिषदले निर्णय गरेको बताए ।
उनका अनुसार संक्रमणको जोखिम बढेको अवस्थामा स्थानीय प्रशासनले आवश्यक निर्णय लिन सक्नेछ ।
बसको एक लहरको सिटमा एक जना मात्र बस्न पाइनेछ ।
चैत ११ को लकडाउनपछि लामोदूरीको यातायात ठप्प छ। असार २५ देखि लकडाउन खुकुलो बनाउँदै सरकारले छोटो दूरीको सार्वजनिक यातायात चल्न पाउने व्यवस्था गरेको थियो। निषेधाज्ञा नभएको जिल्लामा व्यवसायीले सार्वजनिक यातायात सञ्चालन गरिरहेका छन्।
Sponsored
कोभिड १९ को जोखिम कायमै रहेको भन्दै सरकारले छोटो दूरीको यातायात साधनले ५० प्रतिशत मात्रै यात्रु राख्न पाउने मापदण्ड बनाएको थियो। यसमा यातायात व्यवसायीले थप ५० प्रतिशतसम्म भाडा लिनसक्ने व्यवस्था गरेको थियो।
मन्त्रिपरिषदले असोज ५ देखि सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरे पनि कुन मोडालिटीमा गर्ने जिम्मा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई दिएको छ। मन्त्रालयले लामो दूरीको लागि छुट्टै कार्यविधि बनाउने तर ५० प्रतिशत यात्रु र थप भाडाको व्यवस्था यथावत् राखिने बताएको छ।