असोज ५ गतेदेखि सार्वजनिक यातायात र हवाई उडान खुल्ने
टुडेपाटी-
काठमाडौं, भदौ २९ गते ।
आगामी असोज ५ गतेदेखि लामो दुरीको सार्वजनिक यातायात सञ्चलन हुने भएको छ । सोमबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले असोज ५ गतेदेखि लामो दुरीको बस सेवा लगायत आन्तरिक हवाई उडान पनि सुचारु गर्ने निर्णय गरेको हो ।
लामो दुरीको सार्वजनिक यातायता तथा आन्तरिक उडान गर्न स्वास्थ्य सुरक्षा मापदण्डको भने पालना गर्नुपर्ने निर्णय भएको जनाएको छ ।
चैत ११ बाट सुरु भएको १ सय २० दिन लामो लकडाउन सरकारले साउन ७ गते खोलेको थियो । कोरोना संक्रमण बढ्न थालेपछि फेरि भदौ ३ देखि २४ गतेसम्म २१ दिन निषेधाज्ञा लगाएको थियो ।
निषेधाज्ञा खुलेलगत्तै सरकारले विस्तारै जनजीवन सामान्य बनाउँदै लगेको छ । सोही आधारमा आज बसेको मन्त्रिपरिषद यो निर्णय गरेको हो । सरकारले यसअघि नै अन्तराष्ट्रिय उडान खुला गरिसकेको छ ।