TodayPati

जनकपुर रेल्वेमा जागिर खुल्यो, १ सय २९ जना कर्मचारी माग

टुडेपाटी

जनकपुरधाम, भदौ २९ गते ।

नेपाल रेल्वे कम्पनी लिमिटेड जनकपुरधामले विभिन्न तहमा १ सय २९ जना कर्मचारी माग गरेको छ ।

Sponsored

विभिन्न पदमा आवश्यक परेको करार सेवामा खुल्ला प्रतिस्पर्धाद्धारा कर्मचारीहरु परिपूर्तिकालागि सोमबारकम्पनीले विज्ञापन निकालेको हो ।

कम्पनीले शाखा अधिकृतकालागि अधिकृत तृतिय स्तरमा प्रशासन सेवाको लागि समान्य प्रशासन तर्फ १ जना कर्मचारी माग गरेको छ ।

कानुन अधिकृत १ जना र स्टेशन मास्टर ३ जना माग गरिएको छ । यी ३ पदको लागि न्यून्तम योग्यता भने स्नातक उतीर्ण माग गरिएको छ । कानुन अधिकृतको लागि कानुन बिषयमै स्नातक उतीर्ण उम्मेदवार माग गरेको हो ।

Sponsored

सहायक स्टेशन मास्टरको लागि प्रशासन तर्फ ९ जना माग गरिएको छ । १२ कक्षा पास वा सो सरहका उम्मेदवारले यसमा भर्न पाउनेछ । प्रमुख प्रशासन सहायक तर्फ ३ जना माग गरिएको छ । जसको लािग पनि १२ कक्षा पास वा सो सरहको योग्यता कायम गरिएको छ ।

लेखापाल तर्फ २ जना, कम्प्यूटर अपरेटर तर्फ ३ जना, क्यासियर १ जना, टिकट विक्रेता १० जना, टिकट कलेक्टर ४ जना माग गरिएको छ ।

जसमा लेखापाल तर्फको लागि व्यवस्थापन (कमर्स) विषय लिएर १२ कक्षा पास वा सो सरह उतीर्ण, कम्यूटरको लागि कम्यूटर विषयमै १२ कक्षा उतीर्ण वा सो सरह उतीर्ण गरी कम्प्यूटर विषयमा तालिम प्राप्त योग्यता तोकिएको छ ।

यस्तै, पाँचौ तहको लागि सव ईन्जिनीयर तर्फ मेकानिकलको लागि १ जना माग गरिएको छ । जसको लागि न्यून्तम योग्यता भने मेकानिकल वा इण्डष्ट्रियल वा अटोमोबाइल इन्जिनरियरिँग डिप्लोमा वा सो सरह माग गरिएको छ ।

पाँचै तहमा सहायक प्रथम स्तरकै ईन्जिनीयरिँग सेवा तर्फ ईलेक्ट्रीकल तर्फ पनि १ जना सव इन्जिनियर माग गरिएको हो । जसको लागि ईलेक्ट्रीकल इन्जिनियरिँग विषयमा डिप्लोमा वा सो सरह उतीर्णको योग्यता माग गरिएको छ ।

क्यासिएरको लागि एसएलसी वा एसईई मा कम्तीमा २ जिपिए ल्याएको वा सो सरह, टिकट विक्रेता र टिक कलेक्टरको लागि पनि सोही योग्यता तोकिएको छ ।

ईलेक्ट्रोनिक एण्ड कम्यूनिकेसन तर्फ पाँचौ तहमा सव इन्जिनियर पदको लागि १ जना माग गरिएको हो । जसको लािग ईलेक्ट्रोनिक एण्ड कम्युनिकेसन विषयमा डिप्लोमा वा सो सरहको योग्यता माग गरिएको छ ।

उम्मेदवारले आवेदन दिनको लागि रेल्वे कम्पनीको वेभसाईट http://www.nepalrailway.org  मा अनलाईन उपलब्ध हुने जनाइएको छ । आवेदनको लागि असोज १२ गतेसम्म अन्तिम मिति तोकिएको छ ।

दस्तर तर्फ अधिकृतको लागि १००० रुपैयाँ, सहायक स्तरको लागि ४०० रुपैयाँ र श्रेणी विहिन स्तरको लागि ३०० रुपैयाँ दस्तुर तोकिएको हो ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

14 thoughts on “जनकपुर रेल्वेमा जागिर खुल्यो, १ सय २९ जना कर्मचारी माग

  • September 14, 2020 at 6:46 am
    Permalink

    iwant the job because im wating for the railway vacancy

    Reply
  • September 15, 2020 at 4:13 am
    Permalink

    I want job in cashier .

    Reply
  • September 15, 2020 at 4:14 am
    Permalink

    I want job in cashier

    Reply
  • September 15, 2020 at 4:16 am
    Permalink

    I need job due to economical problem in my house . Can I get job in cashier ?

    Reply
  • September 15, 2020 at 2:50 pm
    Permalink

    hlw sir I have done diploma in automobile from Western Region Campus (WRC ) POKHARA. On which email I can send my CV please reply me sir.

    Reply
  • September 15, 2020 at 2:51 pm
    Permalink

    I am interested in this job

    Reply
  • September 16, 2020 at 4:16 am
    Permalink

    cashier job का लागि इच्छुक म इच्छुक छु

    Reply
  • September 20, 2020 at 2:12 pm
    Permalink

    Regards No 296/Akal bahadur lama 4th Bn Hq A Copy Naga Armed police forces thizama Nagaland Kohima India pin is 797005

    Reply
  • September 27, 2020 at 9:07 am
    Permalink

    12 class passed.

    Reply

Leave a Reply

Your email address will not be published. Required fields are marked *