TodayPati

जनकपुर सहित धनुषा जिल्लाभर आज बिजोर नम्बरका गाडी मात्र चलाउन पाइने

टुडेपाटी

जनकपुरधाम, भदौ २९ गते ।

जनकपुर सहित धनुषा जिल्लाभर आज बिजोर नम्बरका सवारी साधन मात्र चल्ने भएको छ । जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचना अनुास आजदेखि जोरबिजोर प्रणाली सुरु भएको हो ।

Sponsored

सोमबार २९ गते परेकोले बिजोर नम्बर भएका गाडीहरु मात्र सँचालन गर्न पाउने भएको छ । मँगलबार ३० गते भने जोर नम्बर भएका गाडी मात्र सँचालन गर्न पाउने भएको छ भने अर्को सूचना नआउन्जेलसम्म सोही अनुसार बिजोर गतेमा बिजोर गाडी नम्बरको गाडी र जोर मितिमा जोर गाडी नम्बरको गाडी चलाउन पाउनेछ ।

यसअघि देशको राजधानी काठमान्डौंमा मात्र सवारी साधन सँचालनमा जोर बिजोर प्रणाली लागू भएकोमा आईतबार जिल्ला प्रशासन कार्यालय धनुषा र सिडिओ प्रेमराज सँजेलको तर्फबाट जारी भएको सूचनामा सोमबारदेखि जनकपुरमा पनि जोर बिजोर सवारी मात्र सँचालन गर्न पाउने उल्लेख गरिएको छ ।

जिल्ला स्तरिय कोभिड १९ संकट व्यवस्थापन केन्द्रको सिफारिस र जिल्ला सुरक्षा समितिको आइतवारको निर्णय अनुसार किराना पस, फलफुल र तरकारी पसलहरु बिहान ११ बजेसम्म र बेलुका ५ बजेदेखि ८ बजेसम्म सञ्चालन गर्न पाइने निर्णय गरिएको छ भने निषेधित बाहेक अन्य पसलहरु ११ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन गर्न पाइने भएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *