TodayPati

अन्तत: युवाहरुले भत्काए जानकी मन्दिरको फुलबारी अतिक्रण गरी बनाएको पर्खाल

टुडेपाटी-
जनकपुरधाम, भदौ २८ गते ।

जानकी मन्दिरको फुलबारीको जग्गा अतिक्रण गरी निर्माण गरिएको पर्खाल भत्काइएको छ । सडक विस्तारको क्रममा केहि निजी घर बचाउन जानकी मन्दिर अगाडीको फुलबारीको जग्गा अतिक्रण गरी पर्खाल निर्माण गरिएको थियो ।

लामो रस्साकस्सी र विवाद पश्चात आईतबार स्थानीय युवा र जनप्रतिनिधिको सक्रियतामा आइतबार साँझ अतिक्रण्मा मुक्त गर्न जेसीभी लगाएर पर्खाल भत्काइएको हो ।

Sponsored

जनकपुरधाम उपाहानगरपालिका ३ का वडाध्यक्ष दीपेन्द्र साहको नेतृत्वमा युवाहरुले फूलबारीको जग्गा अतिक्रमण गरी नवनिर्मित पर्खाल भत्काएका छन् ।

वडा नम्बर ३ का वडा अध्यक्ष दीपेन्द्र साह, वडा नम्बर ४ का वडा अध्यक्ष सुदर्शन सिंह, वडा नम्बर ७ का वडा अध्यक्ष जानकीराम साह, नागरिक समाजका अगुवा मुरली मनोहर मिश्र लगायत दर्जनौँ युवाहरुको सहभागिता थियो ।

जानकी मन्दिर फूलबारीलाई अतिक्रमण मुक्त गराउनकै लागि पर्खाल भत्काइएको वडा नं. ३ का वडाध्यक्ष साहले बताएका छन् ।

Sponsored

एकीकृत शहरी विकास परियोजना (एडीबी) अन्तर्गत विकास सडक विस्तारको क्रममा मन्दिरको फुलबारीको जग्गा अतिक्रण भएको थियो । नगरपालिकाका मेयर तथा उपमेयरले सडक विस्तारमा परेको केहि घर बचाउन ८५ लाख रुपैयाँको चलखेलमा मन्दिरकै फुलबारीको जग्गा अतिक्रण्मा भएको भन्दै त्यसको विरोध र छानविनको माग गर्दै आएका थिए ।
सोही कारण त्यहाँ सडक विस्तारको काममा स्थानीय युवाहरुले अवरोध खडा गर्दै आएका थिए ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ३ मा पर्ने मन्दिरको सिट नम्बर १३५५र२४ को कित्ता नम्बर ८ को साविक क्षेत्रफल ३ कठ्ठा १० धुर रहेको छ ।

सडक विस्तारको नाममा बगैंचाको बीचमा ०.७० मिटर चौडाई पूर्व दक्षिण कुनामा ३ मिटर तथा पूर्व उत्तरको कुनामा ४.८८ मिटर जग्गा अतिक्रमण गरिएको थियो ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *