TodayPati

धनुषामा पुनः एक हप्ता निषेधाज्ञा थप, सवारीसाधनमा जोरबिजोर लागू

टुडेपाटी-
जनकपुरधाम, भदौ २८ गते ।

धनुषामा निषेधाज्ञाको समयावधि पुनः एक हप्ताका लागि थपिएको छ । कोरोना संक्रमितको संख्या दिनहुँ बढ्दै गएकोले निषेधाज्ञा थपिएको हो ।

कोरोना संक्रमणको प्रभावकारी रोकथाम तथा नियन्त्रण र यसको संक्रमण फैलिन नदिनका लागि जिल्लाभर प्रतिकूल प्रभाव पर्नसक्ने कुनै किसिमको गतिविधि हुन र गर्न नदिन नेपाल राजपत्रमा तोकिएको अत्यावश्यक सेवाहरु बाहेकका अन्य सबै सेवा र स्थलहरु फेरि आगामी ७ दिनसम्मका लागि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३) र संक्रामक रोग ऐन २०२० को दफा २ बमोजिम जिल्लाभर निषेधाज्ञाको समयावधि थपिएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए ।

Sponsored

जिल्लामा कोरोना संक्रमणको जोखिम बढ्दै गएको र समुदायस्तरमा फैलिएकोले निषेधाज्ञाको समयावधि आइतवार राति १२ बजेपछि सकिन लागेपछि पुनः असोज ४ गते आइतवार राति १२ बजेसम्मका लागि थप गरिएको सीडीओ भट्टराईले बताए ।

जिल्ला स्तरिय कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको सिफारिस र जिल्ला सुरक्षा समितिको आइतवारको निर्णय अनुसार किराना पस, फलफुल र तरकारी पसलहरु बिहान ११ बजेसम्म र बेलुका ५ बजेदेखि ८ बजेसम्म सञ्चालन गर्न पाइने निर्णय गरिएको छ भने निषेधित बाहेक अन्य पसलहरु ११ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन गर्न पाइने भएको छ ।

यस्तै, निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरिएको छ । जिल्लाभित्र सबै प्रकारका निजी सवारी साधनहरु जोर गते जोर नम्बर र बिजोर गते बिजोर नम्बरका सवारी साधन सञ्चालन गर्ने निर्णय गरिएको सीडीओ भट्टराईले बताए ।

Sponsored

जिल्ला प्रशासन कार्यालय धनुषाले सैलुन, ब्युटीपार्लर, हटिया, सब्जीमण्डी, जिमखाना, सिनेमा हल, पार्टीप्यालेस तथा सपिङ मलहरु भने बन्द राख्न जारी गरिएको सूचनामा भनिएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *