TodayPati

दर्जनौ मधेसी मर्दा संविधान संशोधन नगर्ने सरकार हारेका बामदेवलाई प्रधानमन्त्री बनाउन संशोधन गर्दै

टुडेपाटी
जनकपुरधाम, माघ ११ गते ।

संविधानमा मधेसीलाई हक अधिकार र पहिचानबाट वञ्चित गर्न खोजिएको भन्दै २०७२ सालमा करिब ६ महिना लामो आन्दोलन भयो । मधेसवादी दलको आह्वानमा भएको आन्दोलनमा दर्जनौ व्यक्ति मारिए । सयौँ व्यक्ति घाइते भए । तर सरकार संविधान संशोधन गर्न मानेनन् । मधेसवादी दल तथा आन्दोलनरत पक्षसँग सरकारले पटक पटक वार्ता गरे ।
संविधान संशोधन गर्ने वाचा पनि दिए तर नेपाल कमयुनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकारले अझै संविधान संशोधनतर्फ चासो लिएका छैन् ।

तर पछिल्लो निर्वाचनमा जनताबाट नकारिएका नेतालाई प्रधानमन्त्री बनाउन नेकपाले संविधान संशोधनकालािग पहल थालेको छ । संशोधनबारे गृहकार्य गर्न नेकपाले कार्यदल बनाएको छ । वरिष्ठ नेता माधवकुमार नेपालको संयोजकत्वमा बनेको कार्यदलमा पूर्वसभामुख सुवास नेम्वाङ र नेता खिमलाल देवकोटा छन् ।
यो कार्यदलले उपाध्यक्ष बामदेव गौतमको मागअनुसार राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री हुन पाउने गरी संविधान संशोधन गर्न गृहकार्य गर्ने बताइएको छ ।
नेकपाले राष्ट्रपतिबाट मनोनित गरेर गौतमलाई राष्ट्रियसभा सदस्य बनाउन चाहेको छ । तर गौतमले भने राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री हुन पाउने गरी संविधान संशोधन गर्नुपर्ने शर्त राख्दै आएका छन् । त्यही सर्त राखेर उनी माघ ९ मा भएको राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार बनेका थिएनन् ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *