भारतका पूर्व केन्द्रीय मन्त्री रघुवंश प्रसाद सिंहको निधन
एजेन्सी-
जनकपुरधाम, भदौ २८ गते ।
भारतका पूर्व केन्द्रीय मन्त्री एवम् राष्ट्रिय जनता दलका वरिष्ठ नेता रघुवंश प्रसाद सिंहको निधन भएको छ । उनको दिल्लीस्थित एम्स अस्पतालमा ७४ वर्षको उमेरमा आइतबार दिउँसो निधन भएको हो ।
दुई दिन पहिले उनले आफ्नो स्वास्थ्य खराब हुँदै गएपछि लालु प्रसाद यादवलाई चिट्ठी लेखेर राजीनामा बुझाएका थिए । उक्त पत्रपछि लालुप्रसादले पनि चिट्ठी लेख्दै रघुवंश उक्त पार्टीबाट बाहिर कहिँ नजाने विश्वास व्यक्त गरेका थिए ।
रघुवंश गत जुन महिनामा कोरोना संक्रमित भएका थिए । कोरोना संक्रमणमुक्त भएका उनी यसै महिनादेखि पुनः बिरामी पर्न थालेका थिए । गत हप्ता उनी दिल्लीस्थित एम्स अस्पतालमा भर्ना भएका थिए ।
रघु वंशको निधनपछि लालु प्रसादले एक भावुक ट्वीट गरेका छन् ।
उनले लेखेका छन्, ‘प्रिय रघुवंश तपाईँले यो के गर्नुभयो ? मैले अस्ति मात्र तपाईँलाई भनेको थिएँ तपाईँ कहीँ जानु हुने छैन ? तर तपाईँ यति टाढा जानु भयो । निःशब्द छु, दुःखी छु, निकै याद आउने छ ।’
Sponsored
रघुवंश आफ्नो जीवनकालमा सादगी नेताका रुपमा परिचित थिए। उनी मन्त्री हुँदा भारतमा बेरोजगारहरुका लागि १०० दिने रोजगार कार्यक्रम ल्याएका थिए ।