TodayPati

जग्गा विवादमा सप्तरीमा एक परिवारमाथि निर्घात कुटपिट (भिडियो सहित)

शैलेन्द्र क्रान्ति-
जनकपुरधाम, फागुन ११ गते ।

जग्गा विवादमा सप्तरीको एउटा सिंगै परिवारमाथि नै निर्घत कुटपिट भएको छ । सप्तरीको बलानबिहुला गाउँपालिका ३ दुधैलाकी ७५ वर्षीया फेकनी देवी साहको परिवारमाथि निर्घात कुटपिट भएको हो ।

कुटपिटबाट फेकनीका ४० वर्षीया छोरी रामशिला साह र ४५ वर्षीय ज्वाइँ जीवछ साह घाइते भएका छन् । दुवैजनाको उपचार बिराटनगरस्थित गोल्डेन हस्पिटलमा भइरहेको छ । कुटपिटबाट फेकनी र उनका नातिनातिना सामान्य घाइते भएका छन् । उनीहरुको अवस्था समान्य रहेको परिवाररिक श्रोतले जनाएको छ ।

Sponsored

फेकनीका जेठाजु अमित साह र देवर पल्टु साहका छोराबुहारीहरुसहित झण्डै २०÷२५ जना मिलेर कुटपिट गरेको पीडित जीवछका छोरा मिथिलेश कुमार साहले नेपालखबरसँग बताए । पतिको मृतयु भइसकेको र छोरा नभएका कारण फेकनी देवीले छोरी र ज्वाइँलाई आफ्नै घरमा राख्दै आएकी छन् ।

उनका छिमेकी एवं वडा नं. ३ का वडा सदस्य देवकुमार यादवका अनुसार १९ धुर गाउँ ब्लोकको ऐलानी जग्गा भागवण्डा भइसकेको र फेकनीले आफ्ना जेठाजु र देवरका छोराहरुलाई रकम तिरेर सो जग्गा लिइसकेकी हुन् । सोही जग्गामा आफूहरुले गोठ बनाइरहेको समयमा उनीहरुले बिहीबार एक्कसि आफूहरुमाथि निर्घात कुटपिट गरेको फेकनीका नाति मिथिलेशले बताए ।

मिथिलेशका अनुसार अमित साह र पल्टु साहका छोराहरु रामेश्वर साह, जीवछ साह, रवि साह, धनेश्वर साह लगायतका २०÷२५ जना पुरुष र महिला मिलेर कुटपिट गरेका हुन् ।

Sponsored

‘गाईभैँसी बाँध्ने गोठ बनाउन लागेको थाहा पाएर हातमा लाठी, चिर्पट बोकेर आएका उनीहरुले आमाबुबा, नानी, बहिनी सबैमाथि गालीगलौज गर्दै निर्घात पिटपाट गर्न थाले’ मिथिलेशले भने ‘ अंशवण्डा र भागवण्डा सबै पहिले नै भइसकेको छ । उनीहरु जबरजस्ती आफ्नो हजुरआमाको हकमा परेको गाउँ ब्लोक जमिनमाथि कब्जा गर्न खोजेका छन् ।’

घटनापश्चात प्रहरीले कुटपिट गर्नेमाथि कारबाही गर्न कुनै चासो नदेखाएका मिथिलेशले गुनासो गरे। यता इलाका प्रहरी कार्यालय कडरबोनाले दुई परिवारबीच झगडा भएको र दुवैतर्फका घाइते भएको बताएको छ। तर, कति जना घाइते छन् भन्ने तथ्यांक इलाका प्रहरी कार्यालयसँग छैन ।

‘कुटपिट भएको भन्ने विषयमा हामीलाई थाहा छ। तर, कतिजना घाइते छन् भन्ने एक्कीन छैन’ इलाका प्रहरी कार्यालयका एक प्रहरी अधिकारीले भने, ‘दुवै पक्षका घाइतेहरु अहिले उपचार गराइरहेका छन्।’ ती अधिकारीले दुवै पक्षको निवेदन आएको तर प्रहरीले दर्ता नगरेको बताए। ‘घटना विषयमा बुझेर मात्रै हाी उजुरी दर्ता गर्छौँ’, उनले भने, ‘जो दोषी छन्, सबैमाथि कारबाही हुन्छ ।’

यसरी भयो कुटपिट : भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

सप्तरीमा जग्गा विवादमा एक परिवार माथि यसरी भयो निर्घात कुटपिट …

Posted by Today pati on Sunday, February 23, 2020

शैलेन्द्र क्रान्ति

उहाँ टुडेपाटीका विशेष प्रतिनिधि हुनुहुन्छ । facebooktwitter भेट्न सक्नु हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *