टिपरको ठक्करबाट एक प्रहरी जवानको ज्यान गयो, अर्का घाइते
टुडेपाटी-
बुटवल, भदौ २७ गते ।
बुटवलमा टिपरले ठक्करबाट एक प्रहरीको ज्यान गएको छ । ज्यान जानेमा कपिलवस्तु नगरपालिका ४ तौलिहवा घर भई जिल्ला प्रहरी कार्यालय बाग्लुङमा कार्यरत् प्रहरी जवान अमित श्रेष्ठ रहेका छन् ।
शनिबार पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बुटवल धागो कारखानानजिकै लु १ ख ८९९ नम्बरको टिपरले ठक्कर दिएपछि स्कुटरमा सवार प्रहरी जवान श्रेष्ठको घटना स्थलमै मृत्यु भएको छ भने घटनामा अर्का एक प्रहरी जवान घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय बाग्लुङबाट बिदा लिएर घर आएका श्रेष्ठ र सोही कार्यालयमा कार्यरत् प्रहरी जवान सन्तोषी थारु सवार स्कुटरलाई अगाडिबाट ठक्कर दिएको थियो । टिपरको ठक्करबाट दाहिने खुट्टा चुँडिएका श्रेष्ठको संबेदनशील अंगमा समेत गम्भीर चोट लागेको र उपचारका क्रममा भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा ज्यान गएको प्रहरीले जनाएको छ ।
प्रत्यक्षदर्शीका अनुसार टिपरले उनीहरू सवार स्कुटरसहित दुवै जनालाई करिब ५० मिटर परसम्म लतारेको थियो।
घटनामा संलग्न टिपर प्रहरीको नियन्त्रणमा लिएको र चालक फरार रहेकाले खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
Sponsored