प्रदेश २ सहित यी स्थानमा आज पनि चट्याङसहित भारी वर्षा
टुडेपाटी-
जनकपुरधाम, भदौ २७ गते ।
प्रदेश २ सहित आज पनि देशका केही स्थानमा भारी वर्षा हुने भएको छ । मौसम पुर्वानुमान महाशाखाका अनुसार आज वर्षासँगै चट्याङ समेत पर्ने भएको छ ।
आज देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाका साथै प्रदेश(१, बागमती, गण्डकी प्रदेश र प्रदेश ५ का एक र दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।
त्यस्तै राति प्रदेश १, प्रदेश २, बागमती प्रदेश र प्रदेश ४ का एक दुई स्थानमा भारी वर्षा हुन सक्ने छ । भोलि पनि प्रदेश १, बागमती, गण्डकी प्रदेश र प्रदेश(५ केही स्थानमा भारी वर्षाको सम्भावना छ ।
आगामी २४ घण्टामा प्रदेश १, प्रदेश २, बागमती, गण्डकी प्रदेश र प्रदेश ५ का एकरदुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले ती स्थानका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जान सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले अनरोध गरेका छन् ।
Sponsored
हाल मनसुनको न्यून चापीय रेखा औसतभन्दा माथि र नेपालभन्दा दक्षिणतर्फ अवस्थित छ । साथै पश्चिम बंगाल नजिक न्यून चापिय क्षेत्रको पनि विकास भएको महाशाखाद्वारा जारी मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख गरिएको छ ।