जनकपुरको एक हस्पिटलमा सुत्केरी ४ दिन बन्धक, उपचार खर्च तिरेर उद्धार
टुडेपाटी-
जनकपुरधाम, भदौ २६ गते ।
जनकपुरधाम स्थित चन्द्रकला अस्पताल एण्ड रिसर्च सेन्टरमा प्रसुती शुल्क बुझाउन नसक्दा डिस्चार्ज भएर पनि चार दिन देखि घर जान नपाएकी सुत्केरी आमा र शिशुलाई प्रदेश सांसद र उनको सहयोगिले उद्धार गरेको छ ।
सर्लाही लालबन्दी नगरपालिका–५ की कुसुम पासवनाको अप्रेशन गरी छोराको जन्म भएको र अस्पतालाई बुझाउनु पर्ने ३५ हजार शुल्क अभावमा उनि ४ दिन देखि अस्प्तालमै घेरिएकी थिए । भदौ १६ गते अस्पताल भर्ना भएकी कुसुम २२ गते डिस्चार्ज भएकी थिइन । तर, अस्पतालको शुल्क बुझाउन नसक्दा अस्पताल प्रशासनले उनलाई नर्मल वार्डमा राखेर घर जानबाट रोकेका थिए । कुसुमकी श्रीमान रबिन्द्रले आफन्त र गाउमा अस्पताललाई तिर्नु पर्ने पैसा खोजेपनि व्यवस्थान गर्न सकेका थिएन । लकडाउनको कारण देखाएर ऋण नपाउदा अस्पतालमा ४ दिन देखि घेरीएको रबिन्द्रले बताए ।
नवजात शिशु र आमा अस्पतालमा घेरीएको जानकारी पाएपछि सर्लाहीबाट निर्वाचित प्रदेश सांसद बेची लुंगेलीले महिला सञ्चालको सहयोगमा पैसा संकलन गरी शुक्रबार उद्धार गरेको हो । शुक्रबार बिहान चिया खान भेला भएका साथिहरुबाट ३३ हजार नगद संकलन गरी अस्पताल र औषधीको पैसा भुक्तानि गरेर महिलाको उद्धार गरेको प्रदेश सांसद लुंगेलीले बताइन ।
गरिबिका कारण अस्पतालमा बन्धक बनेको जानकारी वडा कार्यालय र नगरपालिकालाई जानकारी गराएपनि कुनै व्यवस्था हुन नसक्दा लालबन्दीका युवा, महिला र अधिकारकर्मीको प्रयासमा अस्पतालको शुल्क बुझाएर आमा र शिशुको स्यहारकालागि समेत आर्थिक सहयोग गरीएको सांसद लुंगेलिले बताए ।
चन्दा संकलन गरेर अस्पतालको शुल्क बुझाउन आउदा अस्पताले ३५ हजार शुल्क मध्ये १५ हजार छुट गरेको महिला अधिकारकर्मी शारदा वान्तावाले बताइन ।
Sponsored