TodayPati

महोत्तरीमा कोरोनाबाट थप १ जनाको मृत्युु

टुडेपाटी

जनकपुरधाम, भदौ २६ गते ।

महोत्तरीमा कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा शुक्रबार महोत्तरीको मनरासिसबा नगरपालिका बथनाहाका ६५ वर्षीय पुरुषको मृत्यु भएको हो ।

Sponsored

उच्च रक्तचापका दीर्घरोगी ती व्यक्तिलाई श्वासप्रश्वासमा समस्या र ज्वरो अाएपछि उपचारको लागि गरेको भदौ १९ गते प्रादेशिक अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । भेन्टिलेटरमा राखेर उपचार भइरहेका ती पुरुषको शुक्रबार बिहान मृत्यु भएको प्रदेश २ समाजिक विकास मन्त्रालयका जनस्वास्थ्य प्रशाशक विजय झाले जानकारी दपए ।

उनलाई उपचारको लागि ल्याएपछि स्वाब परिक्षण गरेपछि कोरोना पुष्टि भएको थियो । यो संगै महोत्तरीमा कोरोनाबाट मृत्युु हुनेको संख्या १२ पुगेको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *