TodayPati

लेबनान राजधानी बेरूतको पोर्टमा फेरि भीषण आगलागी

एजेन्सी-
बेरुत, भदौ २६ गते ।

लेबनानको राजधानी बेरूतको पोर्टमा बिहीबार फेरि आगलागी भएको छ । आगलागीबाट आसपासका क्षेत्र धुवाँले भरिएको छ ।

यसअघि एक महिना पहिले भएको विष्फोटमा १९० मानिसको ज्यान गएको थियो । लेबनान आर्मीका अनुसार पोर्टको ड्युटी फ्रि जोनको एउटा वेयर हाउसमा आगलागी भएको थियो । त्यहा तेल र ट्यांकर राखिएको थियो ।

Sponsored

आगलागीपछि सेनाको हेलिकोप्टरबाट आगो निभाइएको छ भने पोर्ट जाने सडकमा ट्राफिक डाइभर्ट गरिएको छ । आगलागी कसरी भयो भन्नेबारे कुनै जानकारी आएको छैन ।

यता, बेरूतको गभर्नर मारवान अबाड तथा स्थानीय अधिकारीले मानिसहरूलाइ पोर्टबाट टाढाको दूरीमा जान अपील गरेको छ । यसअघि मंगलबार नै आगलागी भएको थियो । तर उक्त आगो तत्कालै निभाएको थियो ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *