TodayPati

कोरोना संक्रमितको संख्या २ करोड ८३ लाख नाघ्यो, यी हुन् अत्यन्तै प्रभावित १० मुलुक

टुडेपाटी

जनकपुरधाम, भदौ २६ गते ।

विश्वभर २ करोड ८३ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण भएको छ ।

Sponsored

पछिल्लो २४ घण्टामा ३ लाख १ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएसँगै संक्रमित संख्या २ करोड ८३ लाख १६ हजार ५६६ पुगेको हो ।

यस्तै एकै दिन थप ५ हजार ९८४ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या ९ लाख १३ हजार २८४ पुगेको छ ।

एकै दिन २ लाख ३६ हजार ६८३ मानिस कोरोना संक्रमणमुक्त भएका छन् । तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका शुक्रबार बिहानसम्म कोरोनाबाट निको हुनेको संख्या २ करोड ३ लाख २८ हजार ४२८ पुगेको छ । निको हुनेको यो संख्या कुल संक्रमितको ७१ प्रतिशत हो ।

Sponsored

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख ११ हजार ५६२ जनाको मृत्यु भएको छ । ३९ लाख ५३ हजार ९३९ जना संक्रमित भएकोमा २२ लाख ९ हजार ३९८ जना संक्रमणमुक्त भएका छन् ।

कोरोना महामारीबाट सबैभन्दा बढी प्रभावित मुलुक अमेरिकामा अहिलेसम्म मृत्यु हुनेको संख्या १ लाख ९५ हजार २ सय ५९ पुगेको छ भने संक्रमितहरुको संख्या ६५ लाख ५० हजार ९ सय ८४ पुगेको छ । त्यहाँ निको हुनेहरुको संख्या ३८ लाख ४६ हजार ७ सय १७ रहेको छ ।

त्यस्तै अहिलेसम्म दोश्रो प्रभावित मुलुक भारतमा संक्रमणबाट मर्नेहरुको संख्या ७५ हजार १ सय ९७ पुगेको छ भने संक्रमितको संख्या ४४ लाख ८२ हजार १ सय ७१ पुगेको छ । भारतमा निको हुनेहरुको संख्या ३४ लाख ८३ हजार ३९ पुगेको छ । भारतमा पछिल्ला दिन संक्रमितको संख्या ह्वात्तै बढिरहेको छ । दैनिक १ लाखको हाराहारीमा त्यहाँ संक्रमतिहरु देखिन थालेका छन् ।

तेश्रो प्रभावित मुलुक ब्राजिलमा मर्नेहरुको संख्या १ लाख २८ हजार ६ सय ५३ पुगेको छ भने संक्रमितहरुको संख्या ४१ लाख ९९ हजार ३३२ पुगेको छ । त्यस्तै त्यहाँ निको हुनेको संख्या ३४ लाख ५३ हजार ३ सय ३६ पुगेको छ ।  महामारीबाट चौथो प्रभावित देश रुस हो । रुसमा मर्नेहरुको संख्या १८ हजार २ सय ६३ र संक्रमितहरुको संख्या १० लाख ४६ हजार ३ सय ७० पुगेको छ । त्यस्तै त्यहाँ निको हुनेहरुको संख्या ८ लाख ६२ हजार ३ सय ७३ पुगेको छ ।

पाँचौ प्रभावित देश पेरु हो । पेरुमा मर्नेहरुको संख्या ३० हजार २ सय ३६ पुगेको छ भने संक्रमितहरुको संख्या ७ लाख २ हजार ७ सय ७६ पुगेको छ । त्यस्तै निको हुनेहरु ५ लाख ३६ हजार ९ सय ५९ जना रहेका छन् । छैठौ प्रभावित मुलुक कोलम्बियामा संक्रमितहरुको  ६ लाख ८६ हजार ८ सय ५६ पुगेको छ भने मर्नेहरुको संख्या २२ हजार ५३ रहेको छ । त्यस्तै त्यहाँ निको हुनेहरुको संख्या ५ लाख ५२ हजार ८ सय ८५ पुगेको छ । 

सातौं प्रभावित देश मेक्सिकोमा मर्नेको संख्या ६९ हजार ९५ पुगेको छ भने संक्रमितहरुको संख्या ६ लाख ४७ हजार ५ सय ७ पुगेको छ । त्यस्तै निको हुनेहरुको संख्या ४ लाख ५४ हजार ९ सय ८२ पुगेको छ । त्यस्तै साउथ अफ्रिका कोरोना महामारीबाट प्रभावित हुने मुलुकमा आठौं स्थानमा पर्छ । त्यहाँ मर्नेको संख्या १५ हजार १ सय ६८ पुगेको छ । त्यस्तै संक्रमितहरुको संख्या ६ लाख ४२ हजार ४ सय ३१ पुगेको छ भने निको हुनेको संख्या ५ लाख ६९ हजार ९ सय ३५ पुगेको छ ।

नवौं प्रभावित मुलुक स्पेनमा मर्नेको संख्या २९ हजार ६ सय २८ पुगेको छ भने संक्रमितहरुको संख्या ५ लाख ४३ हजार ३ सय ७९ पुगेको छ । अर्जेन्टिना महामारीबाट प्रभावित देशहरुमध्ये १० औं स्थानमा पर्छ त्यहाँ संक्रमितहरुको संख्या ५ लाख, १२ हजार २ सय ३९ पुगेको छ भने मर्नेको संख्या १० हजार ७ सय १३ पुगेको छ । त्यहाँ निको भएर घर फर्किनेहरुको संख्या ३ लाख ९० हजार ९८ पुगेको छ ।
 

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *