प्रदेश २ सहित यी स्थानमा आज फेरि चट्याङ्गसहित वर्षा, यस्तो रहनेछ अगामी २४ घण्टाको मौसम
टुडेपाटी
जनकपुरधाम, भदौ २६ गते ।
प्रदेश २ सहित पाँच वटा प्रदेशमा आजपनि भारी वर्षा हुनेभएको छ । मौसम पूर्वानुमान महाशाखाले जारी गरेको आजको मौसम पूर्वानुमान अनुसार आज मनसुनको न्यून चापीय रेखा औसतभन्दा माथि र नेपालभन्दा दक्षिणतर्फ अवस्थित छ ।
यसैगरी पश्चिम बंगालमा न्यून चापिय क्षेत्रमा अबस्थित छ। जारी मौसम पूर्वानुमानका अनुसार हाल देशभर सामान्य देखि पूर्ण बदली भई केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षा र गण्डकी प्रदेशका एकरदुई स्थानमा भारी वर्षा भईरहेको छ ।
यसैगरी, महाशाखाले दिउँसो देशभर सामान्यतयादेखि पूर्ण बदली रही केही स्थानहरूमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । भने, प्रदेश १ , प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
यस्तै राति, देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । यता, प्रदेश १ ,बागमती प्रदेश र प्रदेश ५ का एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
Sponsored
शुक्रबार बिहान आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै महाशाखाले भनेको छ–
‘प्रदेश १ , प्रदेश २, बागमती प्रदेश , गण्डकी प्रदेश र प्रदेश ५ का एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती स्थानका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।’