TodayPati

प्रदेश २ मा एकैदिन ३०६ जना कोरोनामुक्त

टुडेपाटी-
जनकपुरधाम, भदौ २५ गते ।

पछिल्लो २४ घण्टामा प्रदेश २ मा थप १ सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नयाँ थपिएका संक्रमितमध्ये २४ महिला र १ सय २ पुरुष छन् ।

बिहीबार सबैभन्दा बढी सर्लाहीमा ४२ जना, धनुषामा २२, सिरहामा २१, बारामा १५, सप्तरीमा १५, पर्सामा ९ र रौतहटमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय प्रदेश २ का वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय झाले जानकारी दिए ।

Sponsored

योसँगै कोरोना संक्रमितको संख्या ११ हजार ६ सय ६५ पुगेको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर, नारायणी उपक्षेत्रीय असपताल वीरगंज र गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल राजविराजमा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा ८९ महिलासहित ३०६ कोरोना संक्रमित निको भएर घर फर्केका छन् । यससँगै कोरोनाबाट निको हुनेको संख्या ६ हजार २ सय ४७ पुगेको छ।

Sponsored

पछिल्लो २४ घण्टामा सबैभन्दा बढी बारामा २ सय ८ जना डिस्चार्ज भएका छन् । त्यस्तै पर्सामा ८६, धनुषामा ८, सप्तरीमा ३ र सिरहामा १ जना संक्रमित निको भएर घर फर्केका छन् ।

कोरोना संक्रमणबाट बिहीबार धनुषामा एकजनाको मृत्यु भएको थियो । योसँगै कोरोनाबाट यस प्रदेशमा १ सय ७ जनाको मृत्यु भइसकेको छ ।

कोरोना संक्रमणबाट सबैभन्दा बढी पर्सामा ३९ जना, बारामा १६, धनुषामा १३, महोत्तरीमा ११, सिरहामा १०, सप्तरीमा ८, रौतहटमा ५, सर्लाहीमा ४ र १ भारतीय नागरिकको धनुषामा मृत्यु भएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *