TodayPati

परिक्रमा उदघाटन गर्दै प्रचण्डले गरे धर्मशाला बनाउने र मिथिलाविहारी परिषद गठन गर्ने घोषणा

टुडेपाटी –
जनकपुरधाम, फागुन ११ गते ।

नेकपाका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले १५ दिने मिथिला मध्यमा परिक्रमा प्रारम्भ हुने स्थलमा धर्मशाला बनाउने उद्घोष गरेका छन् । परिक्रमाको आइतबार विहान उदघाटन गर्दै प्रचण्डले प्रारम्भ हुने स्थल धनुषाको मिथिलाविहारी नगरपालिकाको कचुरीको मिथलाविहारीको मन्दिर नजिक धर्मशाला बनाउने घोषणा गरेका हुन् ।

‘यहाँ धर्मशालाका बनाउन अत्यन्त जरुरी छ । यस कारण यहाँ धर्मशाला बनाउन पार्टीको तर्फबाट र मेरो तर्फबाट तपाईहरुलाई पूर्ण सहयोग रहन्छ । मेरो तर्फबाट जति सम्भ छ । म गर्न तयार छु । कुनै कमी रहन दिन्न’ प्रचण्डले भने ।

Sponsored

मिथिला मध्यमा परिक्रमाले नेपाल र भारतको लागि महाकुम्भ भएको भन्दै प्रचण्डले दुवै देशको धार्मिक संस्कृति आदान प्रदानामा ठुलो योगदान पुर्याइरहेको बताए । आफु पहिलो पटक प्रधानमन्त्री रहेको बेला पनि परिक्रमा मार्गको लागि सहयोग गर्ने अवस पाएको स्मरण गर्दै प्रचण्डले मिथिलाविहारी परिषद गठन गर्न पनि आफ्नो सहयोग रहने प्रतिवद्धा गरेका छन् ।

१५ दिनसम्म चल्ने मिथिलाञ्चलको महाकुम्भ मानिने मिथिला मध्यमा परिक्रमा धनुषाको मिथिला बिहारी नगरपालिका कचुरी स्थित मिथिलाबिहारीको मन्दिरबाट प्रारम्भ हुने गर्दछ । आइतबारदेखि हुने परिक्रमा प्रारम्भ गर्न प्रचण्ड हेलिकप्टरबाट मिथिलाविहारीको मन्दिर आएका थिए ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *