प्रदेश २ मा बुधबार थप १६९ जनामा कोरोना पुष्टि, ५८ जना कोरोना मुक्त
टुडेपाटी-
जनकपुरधाम, भदौ २४ गते ।
प्रदेश २ मा पछिल्लो २४ घण्टामा १६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धनुषामा ३ जना, महोत्तरीमा १ जना, सिरहामा ६७ जना, बारामा १४ जना, पर्सामा ६ जना, सर्लाहीमा ५ जना, रौतहटमा ३८ जना र सप्तरीमा ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको समाजिक विकास मन्त्रालयले जनाएको छ ।
योसंगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या ११ हजार ५ सय ३९ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा यस प्रदेशबाट ५ महिलासहित ५८ जना कोरोना मुक्त भएर डिस्चार्ज भएका छन् ।