TodayPati

जनकपुरमा विपी कोइरालाको १०७ औं जन्मजयन्ती मनाइयो

टुडेपाटी-
जनकपुरधाम, भदौ २४ गते ।

जनकपुरमा नेपाली काँग्रेसका संस्थापक नेता स्वर्गीय विशेश्वरप्रसाद कोइरालाको १०७ औँ जन्मजयन्ती मनाइएको छ । वी.पी. विचार राष्ट्रिय समाज धनुषाले एक कार्यक्रम आयोजना गरेर विपीको तस्वीरमा माल्यार्पण गरी जन्मजयन्ती मनाएको हो ।

समाज धनुषाका सभापति सुरेश कोइरालाको सभापतित्व एवं पुर्व सांसद चन्द्रमोहन यादवको विशेष आतिथ्यमा कार्यक्रम सम्पन्न भएको छ ।

Sponsored

कार्यक्रममा वक्ताहरुले वीपीले पुर्याएका राष्ट्रिय र अन्तर्राष्ट्रिय योगदान, अन्तर्राष्ट्रिय निति योजना, राष्ट्रिय विकासका योजना लगायत जनताको हक अधिकारका लागि उनले निर्वाह गरेको भुमिकाको बारेमा चर्चा गरेका थिए ।

कार्यक्रममा समाजका केन्द्रिय सदस्य बजरंग प्रसाद साह, समाजका प्रदेश प्रमुख चुन्निसरण यादव, धिरेन्द्र मोहन झा, परमेश्वर साह, जीत बहादुर राउत, ज्ञानेश्वर मण्डल, राम बिलाश धन्कार, उमेश ठाकुर लगायतका नेताकार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *