महोत्तरीमा क्रसर आतंक : तटबन्ध भत्काएर खोला उत्खनन् गर्न बाटो बनाउँदै
सुरेन्द्र सिंह-
महोत्तरी, भदौ २४ गते ।
जिल्ला समन्वय समिति महोत्तरीले खोला उत्खननमाथि प्रतिवन्ध लगाएको छ । बेलाबेलमा खोला अनुगमन गरेको देखिन्छ ।
खोला किनारमा ३० भन्दा बढि क्रसरहरु सञ्चालनमा रहेका छन् । तर ति सबै क्रसरहरु मापदण्ड विपरीतनै सञ्चालनमा रहेको छ । यस्ता गम्भीर विषयमा स्थानीय सरकार भने उदासीन देखिएको छ ।
खोला खनिने क्रम अझै रोकिएका छैन । कतै नगरपालिकाको मिलोमतोमा त कतै प्रहरी प्रसाशनको मिलोमतोमै उत्खनन भइरहेको छ । प्रदेश २ को कतिपय ठाउँ यस्तो छ- जहाँ क्रसर माफियाको राज नै चल्छ ।
धनुषामा क्रसर माफियाले पर्यावरण अभियन्ता दिलिप महतोको हत्या नै गर्यो । धनुषामै पेस्तोल देखाएर उत्खनन गरेको घटना पनि सार्वजनिक भयो । तर अझै महोत्तरीमा क्रसर माफियाको राज चलेको छ । बर्दिबास नगरपालिका-६ स्थित सुमित बालुवा प्रशोधन उधोग प्रालिले दादागिरी शैलीमा नदी उत्खनन् गरिदै आएको छ ।
केहि दिन पहिला बर्दिबास नगरपालिका-६ किसाननगरस्थित रातु खोलामा करिव १५ लाखको लागतमा निर्माण गरिएको ४५ फिट लम्बाइ भएको तटबन्ध सुमित बालुवा प्रशोधन उधोगले भत्काइदिएको छ । उत्खनन गर्ने उदेश्य तटबन्ध भत्काएर बाटो निर्माण गर्न लागेको स्थानीय मनोज साहले बताए ।
Sponsored
तटबन्धको सय मिटर पुर्व रहेको क्रसर उद्योगले रातीको समयमा उत्खनन गर्न उक्त तटबन्ध माथिबाट बाटो निर्माण गर्न लागेको स्थानीय बताउँछन् । उक्त क्रसर उद्योगको गाडीले तटबन्धमाथि ग्राभेल हालेको र तटबन्ध माथिबाट टिपर र जेसिबी चलाउँछ ।
स्थानीय भन्छन्, ‘प्रशासनलाई जानकारी गराउँदा केहि समयमै प्रहरी आए । प्रहरीले गाडी देखेरपनि नदेखेको जस्तो गरेर त्यहाँबाट फर्किए ।’ तटबन्ध माथिबाट गाडी लान खोज्दा नयाँ निर्मित तटबन्धको केहि भाग पुणर् रुपमा क्षतिग्रस्त बनेको उनले सुनाए ।
तटबन्ध माथिबाट बाटो निर्माण गर्नका लागि खोला उत्खनन गरिरहेका बेला स्थानीय देखेपछि रोक्न पुगे । तर क्रसरका मेनेजर सुनिल साहले आफुलाई वडा अध्यक्षले भनेपछि मात्रै खनेको भनेपछि आफुहरु फर्केको स्थानीय बताउँछन् ।
यता, बर्दिबास नगरपालिका-६ का वडाध्यक्ष पदम आले आफुलाई यो विषयमा कुनै किसिमको जानकारी नभएको बताए । उनले आफुले कुनै क्रसर उद्योगलाई उत्खनन तथा तटबन्ध माथिबाट बाटो निर्माण गर्न अनुमती नदिएको दाबी गरे ।
सुमित बालुवा प्रशोधन क्रसर उधोगका प्रतिनिधि मनोज बैठाले गाडीको आवतजावत गर्नका लागि उक्त तटबन्ध माथिबाट बाटो निर्माण गर्न लागेको बताए । बर्दिबास नगरपालिका-६ का वडाध्यक्ष पदम आले आफुलाई यो विषयमा कुनै किसिमको जानकारी नभएको र आफुले कुनै क्रसर उद्योगलाई उत्खनन तथा तटबन्धमाथिबाट बाटो निर्माण गर्न कुनैपनि किसिमको अनुमति नदिएको बताए ।
सुमित बालुवा प्रशोधन क्रसर उधोगका प्रतिनिधि मनोज बैठाले गाडीको आवतजावत गर्नका लागि उत्क तटबन्धमाथि बाटो निर्माण गर्न लागेको प्रतिक्रिया दिए ।