TodayPati

मिथिलाञ्चलमा जितिया पर्व सुरु, आज नहाय खाय र माछ–मरुवा

टुडेपाटी

जनकपुरधाम, भदौ २४ गते ।

तराईँ मधेस सहित मिथिलाञ्चलमा लोकपर्व जितीया आजदेखि सुरु भएको छ ।

Sponsored

कठिन पर्वको रुपमा रहेको जितीया पर्वमा सन्तानको दिर्घायुको कामना गर्दै महिलाले उपवास गरी यो पर्व मनाउने गर्छन्।
यो पर्व मिथिलाञ्चल क्षेत्र एवं थारु क्षेत्रमा मनाईने गरिन्छ। आश्विन कृष्ण सप्तमी तिथिबाट आरम्भ हुने यो पर्व तीन दिनसम्म मनाइन्छ।
पर्वको पहिलो दिन आज नुहाई–धुवाई गरी चोखो भइन्छ जसलाई नहाय खाय विधि भन्ने गरिन्छ।

संस्कृतिविद एवं मैथिलीका वरिष्ठ साहित्यकार डा. राजेन्द्र प्रसाद विमलका अनुसार यस पर्वमा च्यूरा दहीदेखि माछा र मरुवा (कोदो) सम्म खाने चलन छ। त्यसैगरी यो पर्वमा उपवासको निकै महत्व हुन्छ। ब्रत बस्ने अष्ठमी तिथिका दिन थुक पनि निल्न नहुने अन्यथा व्रत भंग भएको मान्यता रही आएको छ।

यदी दुई दिनसम्म अष्ठमी परेमा दोस्रो दिन व्रत बस्ने चलन रहेको पण्डित राजेन्द्र ठाकुरले बताए। ‘जुन दिन उदयकालमा अष्ठमी तिथि पर्छ त्यो दिन व्रत गर्नुपर्ने, नवमीका दिन पारण गर्नुपर्ने परम्परा छ।’

Sponsored

यस पर्वमा सन्तानको दिर्घायुका लागि उनीहरुको टाउकोमा तेलखरि लगाउने परम्परा छ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *