TodayPati

बलात्कारको घटना गाउँमै मिलाउन खोजेको भन्दै महेन्द्रनगरमा विरोध प्रदर्शन

टुडेपाटी-
जनकपुरधाम, भदौ २३ गते ।

धनुषामा बलात्कारको घटनामा आर्थिक चलखेल गरेर घटना गाउँमै दवाउन खोजेको भन्दै इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगर अगाडि विरोध प्रदर्शन गरिएको छ ।

प्रदर्शनकारीले प्रहरी कार्यालय अगाडि मंगलबार घटनामा संलग्न जोकोहीलाई पक्राउ गरि कानून बमोजिम कारवाहीको माग गर्दै विरोध प्रदर्शन गरेका हुन् ।

Sponsored

धनुषाको लक्ष्मीनिया गाउँपालिका-२ सिनुरजोडामा अन्दाजी १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरिएको घटना ३ दिनपछि बाहिरिएको थियोे ।

शनिबार दिउँसो ३ बजे गाउँकै स्थानीय ५५ वर्षीय बुधुवा साहले आफ्नो किराना पसल नजिकै साथीहरुसँग खेलिरहेकी बालिकालाई ललाइफकाइ पसलमा लगेर जबरजस्ती करणी गरेको पीडित परिवारको आरोप छ ।

छोरी पसल नजिकै खेलिरहेको समय साहले बालिकालाई बोलाएर अर्को पसलबाट पानकिङ्ग गुटखा ल्याउन पठाएको र त्यसपछि पसलमा रहेको एउटा कार्टुन छतमा राखेर आउन भनेपछि कार्टुन राख्न जाँदा कोठामा थुनी जबरजस्ती करणी गरेको पीडित बालिकाका बुवाको आरोप छ ।

Sponsored

घटनास्थलमा प्रहरीको टोली पुग्दा आरोपित फरार भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरिक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिए ।

बालिकाको स्वास्थ्य परीक्षणको लागि प्रादेशिक अस्पताल जनकपुरधाममा ल्याइएको र फरार अभियुक्तको खोजी भइरहेको धनुषा प्रहरीले जनाएको छ ।

धनुषामा पछिल्लो केहि हप्ता देखि जवरजस्ती करणीको घटनामा वृद्धि भएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *