साउथ इण्डियन फिल्मका चर्चित कालाकार रेड्डीको निधन
टुडेपाटी-
जनकपुरधाम, भदौ २३ गते ।
साउथ इण्डियन तेलुगु चलचित्रका चर्चित कलाकार जयप्रकाश रेड्डीको हृदयघातका कारण निधन भएको छ ।
रेड्डीको मङ्गलबार ७४ वर्षको उमेरमा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । मङ्गलबार बिहान उनी बाथरुममा लडेको अवस्थामा भेटिएका उनका परिवारका सदस्यले जानकारी दिएका छन् ।
उनले तेलुगु चलचित्रमा छुट्टै स्थान बनाएका छन् । रेड्डी हास्य र चरित्र अभिनेतासँगै खलनायकको पात्रमा लोकप्रिय छन् । आन्ध्र प्रदेशको गुन्टरमा बस्दै आएका उनले ‘ब्रह्मपुत्रुदू’ चलचित्रबाट फिल्मी करियर सुरु गरेका थिए ।
उहाँका ‘समरासिंह रेड्डी’, ‘उथामपुथिरन’, ‘प्रेमिचुकुन्दाम रा’, ‘गब्बर सिंह’, ‘चेन्नेकेशवरेड्डी’, ‘सीतय्या’ लगायत चलचित्र लोकप्रिय छन् । उनको निधनप्रति टलिउडसँगै बलिउड कलाकारले समवेदना प्रकट गरेका छन् ।
Sponsored