प्रदेश २ मा कोरोनाबाट मृत्यु हुनेको संख्या १०२ पुग्यो, थपिए ७९ संक्रमित
टुडेपाटी-
जनकपुरधाम, भदौ २१ गते ।
प्रदेश नम्बर २ मा पछिल्लो २४ घण्टामा ७९ जना नयाँ संक्रमित थपिएका छन् । आईतबार पर्सामा २५ जना, सप्तरीमा १८ जना, सर्लाहीमा १६ जना, धनुषामा ७ जना, रौतहटमा ७ जना, महोत्तरीमा ४ र बाराका २ जना कोरोना संक्रमण पुष्टि भएको समाजि विकास मन्त्रालयले जनाएको छ ।
योसँगै यस प्रदेशमा कोरोना संक्रमितको संख्या ११ हजार १ सय ४० पुगेको समाजि विकास मन्त्रालयका वरिष्ठ चिकित्सक डाक्टर कमलेश यादवले जानकारी दिए ।
यस्तै पछिल्लो २४ घण्टामा यस प्रदेशमा कोरोना संक्रमणबाट र्दुइजनाको मृत्यु भएको छ । महोत्तरीको बर्दिबास नगरपालिका –१४ का ७८ वर्षीय एक बृद्धको कोरोना संक्रमणका कारण मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
यस्तै आइतबार दिउँसो नै सर्लाहीको चक्रघट्टा गाउँपालिका ३ का ३८ वर्षीय एक पुरुषको वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा मृत्यु भएको अस्पतालले जनाएको छ । योसंगै प्रदेश २ मा कोरोनाबाट हालसम्म १६ महिला र ८६ पुरुष गरि मृत्यु हुनेको संख्या १ सय २ पुगेको छ ।
पर्सामा ३८, बारामा १५, धनुषामा १३, महोत्तरीमा ११, सिरहामा ८, सप्तरीमा ८, रौतहटमा ५ र सर्लाहीमा ४ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।
Sponsored