सर्लाहीमा कोरोनाबाट थप एकजनाको मृत्यु
टुडेपाटी-
सर्लाही, भदौ २१ गते ।
सर्लाहीमा कोरोना भाइरसको संक्रमणबाट थप एकजनाको ज्यान गएको छ । सर्लाहीका चक्रघट्टा गाउँपालिका ३ का ३८ वर्षीय एक पुरुषको वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा आज मृत्यु भएको हो ।
मधुमेहका दीर्घ रोगी रहेका उनलाई स्वास्थ्यमा थप समस्या देखिएपछि दुईसाता अघि अस्पताल भर्ना गरिएको थियो । अस्पतालका अनुसार स्वाब परिक्षण गर्दा दश दिनअघि उनलाई कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।
उपचारको क्रममा आइतबार दिउँसो उनको मृत्यु भएको गाउँपालिका प्रमुख विक्रम राय यादवले जानकारी दिए । योसंगै सर्लाहीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ पुगेको छ ।