TodayPati

भारतमा एकैदिन ९० हजार कोरोना संक्रमित थपिए, ज्यान गुमाउनेको संख्या ७० हजार नाघ्यो

टुडेपाटी

जनकपुरधाम, भदौ २१ गते ।

भारतमा पछिल्लो २४ घण्टामा साढे ९० हजार नयाँ संक्रमित थपिएका छन् । वल्डोमिटरका अनुसार गएको २४ घण्टामा त्यहाँ ९० हजार ६ सय नयाँ संक्रमित थपिएका हुन् ।

Sponsored

योसँगै भारतमा कुल संक्रमितको संख्या ४१ लाख १० हजार हजार नाघेको छ । कोरोनाबाट शनिबार त्यहाँ १ हजार ४४ संक्रमितको मृत्यु भएको छ ।

योसहित भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७० हजार ६ सय नाघेको छ । त्यहाँ हालसम्म ३१ लाख ७७ हजार संक्रमित डिस्चार्ज भएका छन् ।

त्यस्तै, संयुक्तराज्य अमेरिकामा पछिल्लो २४ घण्टामा ४२ हजार संक्रमित थपिँदा ७ सय ७ संक्रमितको मृत्यु भएको छ । योसँगै त्यहाँ कुल संक्रमितको संख्या ६४ लाख ३१ हजार ८ सय पुगेको छ । जसमध्ये १ लाख ९२ हजारको मृत्यु हुँदा ३७ लाख ७ हजार बढी संक्रमित उपचारपछि निको भएका छन् ।

Sponsored

ब्राजिलमा गएको २४ घण्टामा ३१ हजार नयाँ संक्रमित थपिँदा ६ सय १९ जनाको मृत्यु भएको छ । योसहित त्यहाँ कुल संक्रमितको संख्या ४१ लाख २३ हजार नाघेको छ । तीमध्ये ३२ लाख ९६ हजार निको हुँदा १ लाख २६ हजार संक्रमितको मृत्यु भएको छ ।

शनिबार विश्वभर २ लाख ६९ हजार नयाँ संक्रमित भेटिँदा ४ हजार ७८९ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ करोड ७० लाख ६० हजार नाघेको छ ।

तमिध्ये हालसम्म १ करोड ९१ लाख ५९ हजार निको हुँदा ८ लाख ८३ हजार संक्रमितले ज्यान गुमाएका छन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *