कोरोना महामारीबीच यसरी सम्पन्न भयो जानकी मेडिकल कलेजमा डाक्टरको लाइसेन्स परिक्षा
टुडेपाटी
जनकपुरधाम, भदौ २१ गते ।
नेपालमा पहिलो पटक काठमाडौँ उपत्यका बाहिर चिकित्सकको लाइसेन्स परिक्षा सम्पन्न भएको छ ।
कोरोना रोकथाम तथा नियन्त्रणसम्बन्धी स्वास्थ्य मन्त्रालयको मापदण्ड पालना गर्दै नेपाल मेडिकल काउन्सिलले शनिवार लाइसेन्स परिक्षा संचालन गरेको थियो ।
एमबिबिएस पास गरी लाइन्सबाट वञ्चित भएर काम गर्न नपाएका १ हजार ६४ जना परिक्षार्थी परिक्षामा सहभागी भएका थिए ।
काठमाडौँ उपत्यका बाहिरको सबैभन्दा ठूलो परिक्षाकेन्द्र धनुषाको जानकी मेडिकल कलेजमा एक सय २४ जना परिक्षार्थी सहभागी भएको परिक्षा केन्द्रका केन्द्राध्यक्ष डा.जामुन सिंहले बताए ।
परिक्षार्थीमध्ये एमबिबिएसका एक सय सात जना र बिडिएसका १७ जना रहेको उनले जनाए ।
Sponsored
‘फेस रिडिङ, डिजिटल हाजिरी तथा सिसिटिभी मोनेटिरिङ सहित अत्यन्त सौहार्दपुर्ण वातावरणमा परिक्षा संचालन गरेका गर्यौ ’ उनले भने ।
कोरोना महामारीमा डाक्टरको अभाव हुन नदिन काउन्सिलले सतर्कता अपनाउँदै सफलतापुर्वक परिक्षा सम्पन्न गरेको उनको भनाई छ ।
यो परिक्षाको सफलताले अन्य रोकिएका महत्वपुर्ण परिक्षाहरुको ढोका खोलीदिएको उनको बुझाई छ ।