अर्थमन्त्री युवराज खतिवडाले दिए राजीनामा
टुडेपाटी-
काठमाडौँ, भदौ १९ गते ।
अर्थमन्त्री डा. युवराज खतिवडाले पदबाट राजिनामा गरेका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजिनामा बुझाएका हुन् । त्यसअगाडि उनी अर्थ मन्त्रालयमा आयोजित बिदाई कार्यक्रममा सहभागी भएका थिए ।
खतिवडा गत फागुनमा राष्ट्रियसभाको दुई वर्ष कार्यकाल सकिएपछि सांसद पद बिहीन भएका थिए । संविधानको धारा ४८ को उपधारा १ बमोजिम मन्त्री बनेका खतिवडा मन्त्री भएको शनिवार ६ महिना पुग्दैछ । संविधानमा सांसद नभएको व्यक्ति ६ महिनाभन्दा बढी मन्त्री पदमा रहन नपाउने व्यवस्था छ ।
प्रधानमन्त्रीलाई आफ्नो राजीनामा बुझाउनुअघि मन्त्री खतिवडाले सञ्चार मन्त्रालयमा आफुले आजै साँझ राजीनामा दिने बताएका थए । त्यसक्रममा उनले वित्तीय संघीयता कार्यान्वयनको चूनौतीपूर्ण अवस्थामा आफुले जिम्मेवारी सम्हालेको तथा पदमा रहँदा कुनै लाभ नलिएको बताएका थिए ।
Sponsored