TodayPati

जनकपुरमा राजेन्द्र महतोले गरे धर्मशाला शिलान्यास, दलित वस्तीमा खुशीयाली

टुडेपाटी
जनकपुरधाम, माघ १० गते ।

राजपा अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले जनकपुरमा धर्मशालाको शिलन्यास गरेका छन् । जनकपुर उपमहानगरपालिका–२० देवपुरा रुपैठास्थित धनुषा क्षेत्रनम्बर ३ का संघीय सांसद समेत रहेका महतोले स्थानीय पुर्वाधार साझेदारी कार्यक्रम अन्तर्गत निर्माण हुन लागेको धर्मशलाको शनिवार शिलान्यास गरेका हुन् ।

विवाह लगायत समाजिक तथा सांस्कृतिक कार्यक्रमकालागि निर्माण हुन लागेको उक्त धर्मशालाको लागत २५ लाख रुपैँया रहेको बताइएको छ । भवन अगामी साउन महिनासम्म निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।

खासगरी दलित समुदायलाई विवाह तथा समाजिक कार्यमा भवन अभावमा समस्या हुँदै आएकाले धर्मशाला शिलान्यास भएपछि उनीहरुमा खुशीयाली छाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *